Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
News

गृहमन्त्री सुधन गुरुङ लहानमा, मृतक गणेश यादवको परिवारलाई भेट्न तुलसीपुर प्रस्थान

By Mithila Times ३ महिना अगाडि ३ महिना अगाडि 31 views
MITHILA TIMESmithila-times.com

लहान, सिराहा। गृहमन्त्री सुधन गुरुङ सिराहाको लहानमा पुगेर जिल्लाका सांसद, स्थानीय जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरूसँग जिल्लाको पछिल्लो सुरक्षा अवस्था, घटनाको अनुसन्धान र शान्ति–सुरक्षाबारे छलफल गरेका छन्।
छलफलमा घटनाको निष्पक्ष अनुसन्धान, दोषीमाथि कानुनी कारबाही तथा पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने विषयमा समीक्षा गरिएको जनाइएको छ।
त्यसपछि गृहमन्त्री गुरुङ मृतक गणेश यादवको परिवारलाई भेट्न तथा समवेदना व्यक्त गर्न तुलसीपुरतर्फ प्रस्थान गरेका छन्। घटनाबारे थप जानकारी लिने र पीडित परिवारको अवस्था बुझ्ने उनको कार्यक्रम रहेको बताइएको छ।
सरकारले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता दोहोर्‍याउँदै आएको छ। गृहमन्त्रीको यो भ्रमणलाई पीडित परिवारप्रति ऐक्यबद्धता र घटनाप्रति सरकारको चासोका रूपमा हेरिएको छ।

About The Author

Mithila Times

Leave a Comment