Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Breaking News

सर्लाहीमा स्रोत नखुलेको रु. ७ लाख ५७ हजारसहित एक जना पक्राउ

By Mithila Times ३ महिना अगाडि ३ महिना अगाडि 37 views
MITHILA TIMESmithila-times.com

सर्लाही । सर्लाही जिल्लामा स्रोत नखुलेको नेपाली नगद रु. ७ लाख ५७ हजार सहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।सशस्त्र प्रहरीको नियमित सुरक्षा जाँचका क्रममा शंकास्पद अवस्थामा रहेका एक व्यक्तिलाई जाँच गर्दा उनको साथबाट उक्त नगद बरामद भएको हो। उनी सवार मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।बरामद रकमको वैध स्रोत खुलाउन नसकेपछि नगद, मोटरसाइकल तथा सम्बन्धित व्यक्तिलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको सुरक्षा अधिकारीहरूले बताएका छन्।अवैध रूपमा ओसारपसार हुने नगद तथा आर्थिक अपराध नियन्त्रणका लागि सुरक्षा निकायले सीमा तथा विभिन्न क्षेत्रमा निगरानी र जाँचलाई थप कडा बनाएको जनाएको छ।

About The Author

Mithila Times

Leave a Comment