Breaking
वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव भोटेकोशी बाढीमा ज्यान गुमाउनेप्रति वीरगञ्ज कपडा बैंकद्वारा दीप प्रज्वलनसहित श्रद्धाञ्जली लागूऔषध गाँजा बरामद भएको मारुती भ्यानको स्टिकर उक्काउने व्यक्ति पक्राउ, सात दिनको म्याद थप पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको कुखुरा बोकेको पिकअप डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त सर्लाहीमा स्रोत नखुलेको रु. ७ लाख ५७ हजारसहित एक जना पक्राउ
News

भाइरल अडिओपछि सीमा सुरक्षामाथि प्रश्न, सशस्त्र प्रहरीको भूमिकामाथि निष्पक्ष छानबिनको माग

By Mithila Times २ महिना अगाडि २ महिना अगाडि 12 views
MITHILA TIMESmithila-times.com

रौतहट । भारत–नेपाल सीमामा तस्करी नियन्त्रणको जिम्मेवारीमा रहेको सशस्त्र प्रहरी बलको भूमिकामाथि फेरि प्रश्न उठेको छ। बीओपी सरमुजवामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) गणेश बोहराको नाम जोडिएको भनिएको एक अडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसको सत्यता पत्ता लगाउन निष्पक्ष छानबिनको माग स्थानीय तहमा चर्किएको हो। भाइरल अडिओमा तस्करीसँग सम्बन्धित व्यक्तिलाई सीमाको बाटोबारे जानकारी दिइएको जस्तो सुनिएको दाबी गरिएको छ। तर उक्त अडिओको आधिकारिक पुष्टि वा फरेन्सिक परीक्षण भने हालसम्म भएको छैन। त्यसैले अडिओको वास्तविकता वैज्ञानिक रूपमा परीक्षण गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषी प्रमाणित भए कानुनअनुसार कारबाही गर्न स्थानीयवासी, व्यापारी तथा सरोकारवालाले माग गरेका छन्। स्थानीय व्यापारीहरूका अनुसार व्यक्तिगत प्रयोजनका लागि सीमाबाट साना सामान ल्याउने सर्वसाधारणमाथि कडाइ गरिए पनि संगठित तस्करीमा संलग्न समूहहरू भने सहज रूपमा सक्रिय रहेको आरोप छ। उनीहरूका अनुसार सरमुजवा, खापलगायत सीमावर्ती नाकाबाट रातिको समयमा कपडा, किराना, मदिरा, कस्मेटिक, हार्डवेयर तथा कवाडजस्ता सामग्री अवैध रूपमा नेपाल भित्रिने क्रम अझै रोकिएको छैन। व्यापारीहरूले प्रस्तावित भन्सार गुल्म गौरका प्रमुख डीएसपी प्रेमसागर बिष्टको कार्यकालमा समेत तस्करी नियन्त्रण प्रभावकारी बन्न नसकेको गुनासो गरेका छन्। उनीहरूको भनाइमा सीमा क्षेत्रमा पर्याप्त सुरक्षा संयन्त्र परिचालन हुँदाहुँदै पनि संगठित तस्करी पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। यसबीच जिल्ला भन्सार कार्यालय गौरको तथ्यांकले पनि तस्करी नियन्त्रणको अवस्थाबारे बहस बढाएको छ। आर्थिक वर्ष २०८२/८३ मा सशस्त्र प्रहरीले करिब ४ करोड ५ लाख १९ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरी भन्सार बुझाएको थियो। सोही अवधिमा नेपाल प्रहरीले भने ५ करोड ५५ लाख १८ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान नियन्त्रणमा लिएको तथ्यांक सार्वजनिक भएको छ। रौतहटमा तस्करी नियन्त्रणका लागि नम्बर–११ हेक्वा, प्रस्तावित भन्सार गुल्म गौर, चार वटा बोर्डर आउट पोस्ट (बीओपी) तथा आठ वटा सशस्त्र बेस क्याम्प परिचालनमा छन्। यति ठूलो सुरक्षा संरचना हुँदाहुँदै पनि राजस्व चुहावट र संगठित तस्करी नियन्त्रणमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको भन्दै स्थानीयले सुरक्षा निकायको कार्यसम्पादनको निष्पक्ष समीक्षा गर्न र दोषी प्रमाणित हुने जोसुकैमाथि कानुनी कारबाही गर्न माग गरेका छन्। यसबारे सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी रामहरी अधिकारीले सार्वजनिक भएको अडिओबारे जानकारी संकलन भइरहेको र आवश्यक बुझाइ तथा अनुसन्धानपछि मात्रै आधिकारिक प्रतिक्रिया दिइने बताएका छन्।

About The Author

Mithila Times

Leave a Comment