Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Breaking News

‎धनुषामा रहस्यमय घटना : टुटफुट अवस्थामा मोटरसाइकल फेला, २५ वर्षीय चालक साजन दास बेपत्ता

By Mithila Times २ महिना अगाडि २ महिना अगाडि 29 views
MITHILA TIMESmithila-times.com

‎धनुषा । धनुषाको हंसपुर नगरपालिका–३ नरैया क्षेत्रमा रहस्यमय घटना सार्वजनिक भएको छ। प्रदेश २–०२–००१ प २२३४ नम्बरको मोटरसाइकल टुटफुट अवस्थामा फेला परेपछि त्यसका चालक २५ वर्षीय साजन दास सम्पर्कविहीन भएका छन्।‎स्थानीयवासीले सडक छेउमा मोटरसाइकल क्षतिग्रस्त अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ। घटनास्थल वरपर सुरक्षा घेरा बनाएर प्रमाण संकलन गर्ने कार्य भइरहेको छ।‎प्रहरीका अनुसार मोटरसाइकल फेला परे पनि चालक साजन दासको अवस्था र उनी कहाँ छन् भन्नेबारे अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन। घटनामा दुर्घटना, आपराधिक गतिविधि वा अन्य कुनै कारण रहेको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।‎घटनापछि स्थानीयवासीमा त्रास र चासो बढेको छ। प्रहरीले बेपत्ता साजन दासको खोजीलाई तीव्र बनाएको जनाएको छ भने घटनासम्बन्धी थप तथ्य अनुसन्धानपछि सार्वजनिक गरिने बताइएको छ।‎#BreakingNews #MithilaTimes

About The Author

Mithila Times

Leave a Comment