Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Breaking News

‎धनुषामा रहस्यमय घटना : टुटफुट अवस्थामा मोटरसाइकल फेला, २५ वर्षीय चालक साजन दास बेपत्ता

By Mithila Times ३ महिना अगाडि ३ महिना अगाडि 41 views
MITHILA TIMESmithila-times.com

‎धनुषा । धनुषाको हंसपुर नगरपालिका–३ नरैया क्षेत्रमा रहस्यमय घटना सार्वजनिक भएको छ। प्रदेश २–०२–००१ प २२३४ नम्बरको मोटरसाइकल टुटफुट अवस्थामा फेला परेपछि त्यसका चालक २५ वर्षीय साजन दास सम्पर्कविहीन भएका छन्।‎स्थानीयवासीले सडक छेउमा मोटरसाइकल क्षतिग्रस्त अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ। घटनास्थल वरपर सुरक्षा घेरा बनाएर प्रमाण संकलन गर्ने कार्य भइरहेको छ।‎प्रहरीका अनुसार मोटरसाइकल फेला परे पनि चालक साजन दासको अवस्था र उनी कहाँ छन् भन्नेबारे अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन। घटनामा दुर्घटना, आपराधिक गतिविधि वा अन्य कुनै कारण रहेको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।‎घटनापछि स्थानीयवासीमा त्रास र चासो बढेको छ। प्रहरीले बेपत्ता साजन दासको खोजीलाई तीव्र बनाएको जनाएको छ भने घटनासम्बन्धी थप तथ्य अनुसन्धानपछि सार्वजनिक गरिने बताइएको छ।‎#BreakingNews #MithilaTimes

About The Author

Mithila Times

Leave a Comment