Breaking
वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव भोटेकोशी बाढीमा ज्यान गुमाउनेप्रति वीरगञ्ज कपडा बैंकद्वारा दीप प्रज्वलनसहित श्रद्धाञ्जली लागूऔषध गाँजा बरामद भएको मारुती भ्यानको स्टिकर उक्काउने व्यक्ति पक्राउ, सात दिनको म्याद थप पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको कुखुरा बोकेको पिकअप डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त सर्लाहीमा स्रोत नखुलेको रु. ७ लाख ५७ हजारसहित एक जना पक्राउ
News

पर्सामा घरेलु हिंसाको चिन्ताजनक अवस्था : एक महिनामै ५८ उजुरी, वीरगञ्जमा सबैभन्दा बढी घटना

By Mithila Times २ महिना अगाडि २ महिना अगाडि 16 views
MITHILA TIMESmithila-times.com

वीरगञ्ज। पर्सा जिल्लामा घरेलु हिंसाका घटनामा उल्लेख्य वृद्धि देखिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको असार महिनाको प्रगति विवरणअनुसार जिल्लाभर घरेलु हिंसासम्बन्धी ५८ वटा उजुरी दर्ता भएका छन्। तथ्याङ्कले पारिवारिक असमझदारी, मानसिक तथा शारीरिक उत्पीडनका घटनाहरू अझै पनि समाजमा गम्भीर चुनौतीका रूपमा रहेको देखाएको छ।प्रहरीका अनुसार दर्ता भएका सबै ५८ उजुरी आपसी सहमति र मिलापत्रमार्फत टुंग्याइएको छ। असार महिनामा घरेलु हिंसासम्बन्धी कुनै पनि मुद्दा अदालतसम्म पुगेको छैन। प्रहरी प्रशासनले सकेसम्म परिवारको सम्बन्ध जोगाउने उद्देश्यले कानुनी कारबाहीभन्दा पहिले मेलमिलापलाई प्राथमिकता दिएको जनाएको छ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार घरेलु हिंसाका उजुरी प्राप्त भएपछि दुवै पक्षलाई राखेर छलफल गराइने र सहमतिमार्फत विवाद समाधान गर्ने प्रयास गरिन्छ। उनका अनुसार अधिकांश उजुरी श्रीमान–श्रीमतीबीचको असमझदारी, झगडा तथा पारिवारिक विवादसँग सम्बन्धित रहेका छन्।पालिकागत विवरणअनुसार वीरगञ्ज महानगरपालिकामा घरेलु हिंसाका घटना सबैभन्दा बढी देखिएका छन्। कुल ५८ उजुरीमध्ये ३५ वटा वीरगञ्ज महानगरपालिकाबाट मात्रै दर्ता भएका छन्। बहुदरमाई नगरपालिकाबाट ४ वटा, जगरनाथपुर गाउँपालिकाबाट ४ वटा, बिन्दवासिनी र सखुवाप्रसौनी गाउँपालिकाबाट ३–३ वटा, पर्सागढी र पोखरिया नगरपालिकाबाट २–२ वटा तथा पकाहामैनपुर र पटेर्वासुगौली गाउँपालिकाबाट पनि २–२ वटा उजुरी दर्ता भएका छन्। कालिकामाई गाउँपालिकाबाट एउटा मात्र उजुरी परेको प्रहरीले जनाएको छ।यता ठोरी, छिपहरमाई, धोबिनी र जिराभवानी गाउँपालिकामा भने असार महिनाभर घरेलु हिंसासम्बन्धी कुनै पनि उजुरी दर्ता नभएको तथ्याङ्कमा उल्लेख छ।घरेलु हिंसाका घटनाको बढ्दो सङ्ख्याले समाजमा पारिवारिक सम्बन्ध, महिला सुरक्षा र मानसिक स्वास्थ्यप्रति थप संवेदनशील हुनुपर्ने आवश्यकता औँल्याएको छ। सरोकारवालाहरूले घरेलु हिंसा न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि, कानुनी पहुँच विस्तार, पीडितको सुरक्षा तथा स्थानीय तह, प्रहरी र समुदायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्।

About The Author

Mithila Times

Leave a Comment