Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
News

इलामको माईखोलामा पहिरो : सडक अवरुद्ध, सशस्त्र प्रहरीले स्ट्रेचरमार्फत बिरामीको उद्धार

By Mithila Times ३ महिना अगाडि ३ महिना अगाडि 31 views
MITHILA TIMESmithila-times.com

इलाम। इलाम जिल्लाको माईखोलामा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएपछि सशस्त्र प्रहरी बल, नेपालले बिरामीको उद्धार गर्दै स्ट्रेचरमार्फत सुरक्षित रूपमा अस्पताल पुर्‍याएको छ।पहिरोका कारण सवारीसाधन सञ्चालन हुन नसकेपछि उपचारका लागि अस्पताल लैजानुपर्ने बिरामीलाई सुरक्षाकर्मीहरूले जोखिमपूर्ण अवस्थामा समेत पैदल मार्ग प्रयोग गरी सुरक्षित रूपमा गन्तव्यतर्फ पुर्‍याएका हुन्। उद्धार अभियानमा खटिएका सशस्त्र प्रहरीका जवानहरूले कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका बाबजुद मानवीय सेवामा सक्रिय भूमिका निर्वाह गरेका छन्।निरन्तर वर्षासँगै पहिरो खस्ने क्रम बढेपछि इलामका विभिन्न सडकखण्ड प्रभावित बनेका छन्। प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय निकायले उद्धार, राहत र सडक सञ्चालनको प्रयासलाई तीव्र बनाएका छन्।प्राकृतिक विपद्का बेला नागरिकको ज्यान जोगाउन सशस्त्र प्रहरीको तत्परता र मानवीय सेवाप्रतिको प्रतिबद्धताले प्रभावित क्षेत्रमा राहत महसुस गराएको स्थानीयले बताएका छन्। प्रशासनले आवश्यक कामबाहेक जोखिमयुक्त सडकमा यात्रा नगर्न तथा मौसमसम्बन्धी सूचना पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

About The Author

Mithila Times

Leave a Comment