Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
News

जीतपुर–सिमरा उपमहानगरले इँटा, काठ, कोइला र क्लिङ्करमा लगाएको कर गैरकानुनी भएको उद्योगीहरूको दाबी, फिर्ता गर्न माग

By Mithila Times २ महिना अगाडि २ महिना अगाडि 15 views
MITHILA TIMESmithila-times.com

वीरगञ्ज, साउन ५जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्कामार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी व्यवसायीले उक्त कर गैरकानुनी भएको दाबी गरेका छन्। उनीहरूले असुल गरिएको कर तत्काल फिर्ता गर्न र यस्ता वस्तुहरूलाई स्थानीय करको सूचीबाट हटाउन माग गर्दै उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएका छन्।हरिप्रसाद गौतमद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उपमहानगरपालिकाले जडीबुटी, कवाडी तथा जीवजन्तु कर संकलनका लागि दिएको ठेक्काको दुरुपयोग गर्दै ठेकेदारले कानुनले कर नलाग्ने वस्तुहरूमा समेत कर उठाइरहेको उल्लेख गरिएको छ।ज्ञापनपत्रमा स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्र ऐन–कानुनअनुसार मात्रै कर संकलन गर्न पाउने व्यवस्था भए पनि इँटा, काठ, कोइला र क्लिङ्करजस्ता वस्तुमा कर असुल्नु कानुनविपरीत भएको दाबी गरिएको छ।उद्योगीहरूले इँटा उद्योगको मुख्य उत्पादन इँटामा, जंगलबाट प्राप्त हुने काठमा, विदेशबाट आयात हुने कोइलामा तथा उद्योगको मुख्य उत्पादनका रूपमा रहेको क्लिङ्करमा स्थानीय कवाडी कर लगाउन नमिल्ने बताएका छन्। प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने र समग्र औद्योगिक क्षेत्र प्रभावित हुने उनीहरूको भनाइ छ।ज्ञापनपत्रमा उपमहानगरपालिकालाई तत्काल यस्ता वस्तुहरूलाई स्थानीय करको सूचीबाट हटाउन, नियमविपरीत असुल गरिएको कर सम्बन्धित उद्योगी तथा व्यवसायीलाई फिर्ता गर्न तथा भविष्यमा यस्ता कार्य दोहोरिन नदिन आवश्यक कदम चाल्न आग्रह गरिएको छ।उक्त ज्ञापनपत्रको बोधार्थ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, जिल्ला प्रशासन कार्यालय पर्सा तथा जिल्ला प्रशासन कार्यालय बारामा समेत पठाइएको जनाइएको छ।

About The Author

Mithila Times

Leave a Comment