Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
News

जीतपुर–सिमरा उपमहानगरले इँटा, काठ, कोइला र क्लिङ्करमा लगाएको कर गैरकानुनी भएको उद्योगीहरूको दाबी, फिर्ता गर्न माग

By Mithila Times ३ महिना अगाडि ३ महिना अगाडि 30 views
MITHILA TIMESmithila-times.com

वीरगञ्ज, साउन ५जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्कामार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी व्यवसायीले उक्त कर गैरकानुनी भएको दाबी गरेका छन्। उनीहरूले असुल गरिएको कर तत्काल फिर्ता गर्न र यस्ता वस्तुहरूलाई स्थानीय करको सूचीबाट हटाउन माग गर्दै उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएका छन्।हरिप्रसाद गौतमद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उपमहानगरपालिकाले जडीबुटी, कवाडी तथा जीवजन्तु कर संकलनका लागि दिएको ठेक्काको दुरुपयोग गर्दै ठेकेदारले कानुनले कर नलाग्ने वस्तुहरूमा समेत कर उठाइरहेको उल्लेख गरिएको छ।ज्ञापनपत्रमा स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्र ऐन–कानुनअनुसार मात्रै कर संकलन गर्न पाउने व्यवस्था भए पनि इँटा, काठ, कोइला र क्लिङ्करजस्ता वस्तुमा कर असुल्नु कानुनविपरीत भएको दाबी गरिएको छ।उद्योगीहरूले इँटा उद्योगको मुख्य उत्पादन इँटामा, जंगलबाट प्राप्त हुने काठमा, विदेशबाट आयात हुने कोइलामा तथा उद्योगको मुख्य उत्पादनका रूपमा रहेको क्लिङ्करमा स्थानीय कवाडी कर लगाउन नमिल्ने बताएका छन्। प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने र समग्र औद्योगिक क्षेत्र प्रभावित हुने उनीहरूको भनाइ छ।ज्ञापनपत्रमा उपमहानगरपालिकालाई तत्काल यस्ता वस्तुहरूलाई स्थानीय करको सूचीबाट हटाउन, नियमविपरीत असुल गरिएको कर सम्बन्धित उद्योगी तथा व्यवसायीलाई फिर्ता गर्न तथा भविष्यमा यस्ता कार्य दोहोरिन नदिन आवश्यक कदम चाल्न आग्रह गरिएको छ।उक्त ज्ञापनपत्रको बोधार्थ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, जिल्ला प्रशासन कार्यालय पर्सा तथा जिल्ला प्रशासन कार्यालय बारामा समेत पठाइएको जनाइएको छ।

About The Author

Mithila Times

Leave a Comment