वीरगञ्ज । नयाँ शैक्षिक सत्र २०८३ का लागि ज्ञान वाटिका +2 कलेजले कक्षा ११ मा भर्ना खुला गरेको घोषणा गरेको छ। गुणस्तरीय शिक्षा, अनुशासित शैक्षिक वातावरण र उज्ज्वल भविष्य निर्माण गर्ने लक्ष्यसहित कलेजले विद्यार्थीलाई व्यवस्थापन (Management) संकायमा अध्ययन गर्ने अवसर प्रदान गरेको जनाएको छ।कलेजका अनुसार अनुभवी तथा दक्ष शिक्षकबाट आधुनिक शिक्षण पद्धतिमार्फत पठनपाठन गराइनेछ। विद्यार्थीको शैक्षिक, नैतिक तथा व्यक्तित्व विकासलाई प्राथमिकता दिँदै उत्कृष्ट नतिजा हासिल गर्ने वातावरण तयार गरिएको कलेजको दाबी छ।भर्ना लिन इच्छुक विद्यार्थी तथा अभिभावकलाई आवश्यक जानकारीका लागि कलेजको कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।स्थान: श्रीपुर–११, वीरगञ्जसम्पर्क नम्बर: ९८६६११८९३५, ९८०७२९६५००कलेजले सीमित सिट उपलब्ध रहेकाले समयमै भर्ना प्रक्रिया पूरा गर्न इच्छुक विद्यार्थीलाई अनुरोध गरेको छ।