Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
News

‎बर्दियामा २९ भूमिहीन दलित तथा सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण, वर्षौंको प्रतीक्षा अन्त्य

By Mithila Times ४ महिना अगाडि ४ महिना अगाडि 28 views
MITHILA TIMESmithila-times.com

‎बर्दिया, बर्दियाको बढैयाताल गाउँपालिका–४ मा २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ। लामो समयदेखि जग्गाको स्वामित्वबाट वञ्चित रहेका परिवारले लालपुर्जा प्राप्त गरेसँगै उनीहरूको वर्षौंको प्रतीक्षा अन्त्य भएको छ।‎लालपुर्जा वितरणपछि लाभग्राही परिवारले कानुनी रूपमा जग्गाको स्वामित्व प्राप्त गरेका छन्। यससँगै उनीहरूले आफ्नो नाममा जग्गाको अधिकार सुरक्षित गर्नुका साथै बैंकिङ सेवा, सरकारी सुविधा तथा विभिन्न विकास कार्यक्रमको पहुँचसमेत सहज रूपमा प्राप्त गर्न सक्नेछन्।‎सरकारको भूमिसम्बन्धी नीतिअनुसार भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने अभियानअन्तर्गत लालपुर्जा वितरण गरिएको हो। स्थानीय तह र सम्बन्धित निकायको समन्वयमा सम्पन्न कार्यक्रमले वास्तविक भूमिहीन परिवारलाई स्थायी रूपमा भूमि अधिकार दिलाउने लक्ष्यलाई थप प्रभावकारी बनाएको जनाइएको छ।‎स्थानीय जनप्रतिनिधिहरूले आगामी दिनमा बाँकी रहेका योग्य भूमिहीन परिवारको पहिचान गरी उनीहरूलाई पनि लालपुर्जा वितरण प्रक्रिया अघि बढाइने बताएका छन्। यस अभियानले सामाजिक न्याय, आर्थिक सशक्तीकरण र भूमिसम्बन्धी समस्या समाधानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

About The Author

Mithila Times

Leave a Comment