Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
News

दैलेखमा यात्रुबाहक बस कर्णाली नदीमा खस्यो, एक जनाको मृत्यु

By Mithila Times ४ महिना अगाडि ४ महिना अगाडि 26 views
MITHILA TIMESmithila-times.com

दैलेख। दैलेखमा यात्रुबाहक बस कर्णाली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ। दुर्घटनापछि घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।‎प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाएका एक व्यक्तिको शव नदी किनारको भिरमा अड्किएको अवस्थामा फेला परेको छ। कठिन भौगोलिक अवस्थाका कारण शव निकाल्न प्रहरी तथा उद्धार टोलीले प्रयास गरिरहेको छ।‎बसमा कति जना यात्रु सवार थिए भन्ने यकिन विवरण हालसम्म प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ। त्यसैले घाइते तथा बेपत्ता यात्रुको संख्या पनि खुल्न बाँकी रहेको छ। घटनाको जानकारी प्राप्त हुनासाथ स्थानीयवासी र सुरक्षा निकाय उद्धार कार्यमा परिचालित भएका छन्।‎दुर्घटनाको कारण खुल्न सकेको छैन। बस अनियन्त्रित भएर कर्णाली नदीमा खसेको प्रारम्भिक अनुमान गरिए पनि यसको वास्तविक कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।‎प्रहरीले घटनास्थलबाट थप विवरण संकलन भइरहेको र यात्रुको पहिचान तथा क्षतिको यकिन विवरण प्राप्त भएपछि आधिकारिक रूपमा सार्वजनिक गरिने जनाएको छ।

About The Author

Mithila Times

Leave a Comment