Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
News

‎त्रिवि सेवा आयोग अध्यक्ष नियुक्ति पुनर्विचार गर्न अनेरास्ववियुको माग‎

By Mithila Times २ महिना अगाडि २ महिना अगाडि 28 views
MITHILA TIMESmithila-times.com

‎काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा गरिएको नियुक्तिप्रति गम्भीर असन्तुष्टि जनाउँदै उक्त निर्णय तत्काल पुनर्विचार गर्न नेपाल सरकारसँग माग गरेको छ।‎अनेरास्ववियुका अध्यक्ष दीपक धामीले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा त्रिवि सेवा आयोगको अध्यक्षजस्तो विशुद्ध प्राज्ञिक पदमा सक्रिय दलीय राजनीतिसँग आबद्ध व्यक्तिलाई नियुक्त गरिएकोप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।‎विज्ञप्तिमा विश्वविद्यालय ज्ञान निर्माण, अनुसन्धान तथा बौद्धिक नेतृत्व उत्पादन गर्ने सर्वोच्च प्राज्ञिक संस्था भएकाले यसको नेतृत्व तथा अन्य प्राज्ञिक निकायहरू राजनीतिक प्रभावबाट पूर्ण रूपमा मुक्त रहनुपर्ने संगठनको स्पष्ट धारणा रहेको जनाइएको छ।‎अनेरास्ववियुले उक्त नियुक्तिले विश्वविद्यालयको संस्थागत गरिमा, प्राज्ञिक स्वतन्त्रता तथा सेवा आयोगको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको दाबी गरेको छ। साथै, यसले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेपलाई थप संस्थागत बनाउने, योग्यता र प्रतिस्पर्धाको संस्कृतिलाई कमजोर पार्ने तथा प्राज्ञिक समुदायमा निराशा सिर्जना गर्ने ठहर संगठनले गरेको छ।‎संगठनका अनुसार विश्वविद्यालयजस्तो संवेदनशील शैक्षिक संस्थामा हुने नियुक्ति विवादरहित, योग्यतामा आधारित र पारदर्शी हुनुपर्ने भए पनि पछिल्लो निर्णयले विश्वविद्यालयप्रतिको सार्वजनिक विश्वासमा समेत नकारात्मक प्रभाव पार्ने देखिएको छ।‎अनेरास्ववियुले नेपाल सरकार तथा सम्बन्धित निकायलाई त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक मर्यादा, संस्थागत स्वायत्तता र योग्यतामा आधारित नियुक्ति प्रणालीलाई कायम राख्ने गरी सेवा आयोग अध्यक्ष नियुक्तिसम्बन्धी निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ।‎साथै, आगामी दिनमा विश्वविद्यालयका सबै प्राज्ञिक निकायमा हुने नियुक्तिहरू योग्यता, क्षमता, निष्पक्षता र पारदर्शिताका आधारमा सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेको छ।

About The Author

Mithila Times

Leave a Comment