Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
News

समाचार लेखेकै निहुँमा सञ्चारकर्मीमाथि धम्की, यात्रा डेली कार्यालयमा दुव्र्यवहार

By Mithila Times ३ महिना अगाडि ३ महिना अगाडि 12 views
MITHILA TIMESmithila-times.com

वीरगञ्ज, असार ३ — समाचार प्रकाशनप्रति असन्तुष्टि जनाउँदै एक समूहले वीरगञ्जस्थित यात्रा डेली डटकमको कार्यालयमा पुगेर सञ्चारकर्मीमाथि गालीगलौज, धम्की तथा दुव्र्यवहार गरेको घटना सार्वजनिक भएको छ। घटनापछि सञ्चार स्वतन्त्रता र पत्रकारको सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ।‎प्राप्त जानकारीअनुसार “वीरगञ्जका चार ब्युटी पार्लरमाथि कारबाही” सम्बन्धी समाचार प्रकाशित भएपछि हरिकिशोर साहसहित ८ देखि १० जनाको समूह कार्यालयमै पुगेर सञ्चारकर्मीलाई मानसिक दबाब दिने, अपशब्द प्रयोग गर्ने तथा समाचार हटाउन दबाब सिर्जना गर्ने प्रयास गरेको आरोप लागेको छ।‎घटनापछि यात्रा डेली डटकमका तर्फबाट जिल्ला प्रहरी कार्यालय पर्सामा लिखित उजुरी दर्ता गरिएको छ। प्रहरीले उजुरी प्राप्त भएको पुष्टि गर्दै घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ।‎प्रहरीका अनुसार कुनै समाचारप्रति असहमति वा गुनासो भए कानुनी तथा संस्थागत प्रक्रिया अपनाउन सकिने भए पनि सञ्चारकर्मीलाई धम्की दिने, कार्यालयमै पुगेर दबाब सिर्जना गर्ने तथा दुव्र्यवहार गर्ने कार्य कानूनविपरीत र अस्वीकार्य हो।‎सञ्चार क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्व तथा पत्रकार महासंघका प्रतिनिधिहरूले समेत घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पत्रकारको पेशागत स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा सुरक्षित वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।‎लोकतान्त्रिक व्यवस्थामा स्वतन्त्र पत्रकारिता सुशासन, पारदर्शिता र जनउत्तरदायित्वको महत्वपूर्ण आधार भएकाले समाचार लेखेकै कारण सञ्चारकर्मीमाथि हुने कुनै पनि प्रकारको धम्की, दबाब वा आक्रमणको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनअनुसार कारबाही हुनुपर्ने आवाज उठ्न थालेको छ।

About The Author

Mithila Times

Leave a Comment