Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
News

समाचार लेखेकै निहुँमा सञ्चारकर्मीमाथि धम्की, यात्रा डेली कार्यालयमा दुव्र्यवहार

By Mithila Times ४ महिना अगाडि ४ महिना अगाडि 25 views
MITHILA TIMESmithila-times.com

वीरगञ्ज, असार ३ — समाचार प्रकाशनप्रति असन्तुष्टि जनाउँदै एक समूहले वीरगञ्जस्थित यात्रा डेली डटकमको कार्यालयमा पुगेर सञ्चारकर्मीमाथि गालीगलौज, धम्की तथा दुव्र्यवहार गरेको घटना सार्वजनिक भएको छ। घटनापछि सञ्चार स्वतन्त्रता र पत्रकारको सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ।‎प्राप्त जानकारीअनुसार “वीरगञ्जका चार ब्युटी पार्लरमाथि कारबाही” सम्बन्धी समाचार प्रकाशित भएपछि हरिकिशोर साहसहित ८ देखि १० जनाको समूह कार्यालयमै पुगेर सञ्चारकर्मीलाई मानसिक दबाब दिने, अपशब्द प्रयोग गर्ने तथा समाचार हटाउन दबाब सिर्जना गर्ने प्रयास गरेको आरोप लागेको छ।‎घटनापछि यात्रा डेली डटकमका तर्फबाट जिल्ला प्रहरी कार्यालय पर्सामा लिखित उजुरी दर्ता गरिएको छ। प्रहरीले उजुरी प्राप्त भएको पुष्टि गर्दै घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ।‎प्रहरीका अनुसार कुनै समाचारप्रति असहमति वा गुनासो भए कानुनी तथा संस्थागत प्रक्रिया अपनाउन सकिने भए पनि सञ्चारकर्मीलाई धम्की दिने, कार्यालयमै पुगेर दबाब सिर्जना गर्ने तथा दुव्र्यवहार गर्ने कार्य कानूनविपरीत र अस्वीकार्य हो।‎सञ्चार क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्व तथा पत्रकार महासंघका प्रतिनिधिहरूले समेत घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पत्रकारको पेशागत स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा सुरक्षित वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।‎लोकतान्त्रिक व्यवस्थामा स्वतन्त्र पत्रकारिता सुशासन, पारदर्शिता र जनउत्तरदायित्वको महत्वपूर्ण आधार भएकाले समाचार लेखेकै कारण सञ्चारकर्मीमाथि हुने कुनै पनि प्रकारको धम्की, दबाब वा आक्रमणको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनअनुसार कारबाही हुनुपर्ने आवाज उठ्न थालेको छ।

About The Author

Mithila Times

Leave a Comment