Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

‎श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयमा कक्षा १० को कम्पार्ट परीक्षा सुरु

By Mithila Times ३ महिना अगाडि ३ महिना अगाडि 19 views
MITHILA TIMESmithila-times.com

‎बकुलिया, भवानीपुर, बाराः

‎आज मिति २०८३/०३/०१ गतेदेखि श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय, बकुलिया, भवानीपुर, बारामा कक्षा १० को कम्पार्ट (पूरक) परीक्षा औपचारिक रूपमा सुरु भएको छ। परीक्षाको पहिलो दिन अंग्रेजी english विषयको परीक्षा सञ्चालन गरिएको विद्यालय प्रशासनले जनाएको छ।‎परीक्षा शान्त, व्यवस्थित तथा मर्यादित वातावरणमा सञ्चालन भइरहेको छ। परीक्षा केन्द्रमा खटिएका शिक्षक तथा कर्मचारीहरूले निरन्तर निगरानी र अनुगमन गरिरहेका छन्। विद्यालयका अनुसार परीक्षा कोठाभित्र कुनै पनि किसिमको अवाञ्छित गतिविधि, अनियमितता वा अनुशासनविपरीत कार्य नभएको जानकारी प्राप्त भएको छ।‎विद्यार्थीहरू निर्धारित समयमै उपस्थित भई परीक्षामा सहभागी भएका छन् भने परीक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन प्रभावकारी रूपमा गरिएको छ। विद्यालय प्रशासनले परीक्षा निष्पक्ष, पारदर्शी र मर्यादित ढंगले सम्पन्न गराउन सबै पक्षको सहयोग रहेको जनाएको छ।‎विद्यालय परिवारले सम्पूर्ण परीक्षार्थीहरूको सफलताको कामना गर्दै आगामी दिनमा पनि यस्तै अनुशासित वातावरणमा परीक्षा सञ्चालन हुने विश्वास व्यक्त गरेको छ।

About The Author

Mithila Times

Leave a Comment