Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

‎श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयमा कक्षा १० को कम्पार्ट परीक्षा सुरु

By Mithila Times ५ महिना अगाडि ५ महिना अगाडि 38 views
MITHILA TIMESmithila-times.com

‎बकुलिया, भवानीपुर, बाराः

‎आज मिति २०८३/०३/०१ गतेदेखि श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय, बकुलिया, भवानीपुर, बारामा कक्षा १० को कम्पार्ट (पूरक) परीक्षा औपचारिक रूपमा सुरु भएको छ। परीक्षाको पहिलो दिन अंग्रेजी english विषयको परीक्षा सञ्चालन गरिएको विद्यालय प्रशासनले जनाएको छ।‎परीक्षा शान्त, व्यवस्थित तथा मर्यादित वातावरणमा सञ्चालन भइरहेको छ। परीक्षा केन्द्रमा खटिएका शिक्षक तथा कर्मचारीहरूले निरन्तर निगरानी र अनुगमन गरिरहेका छन्। विद्यालयका अनुसार परीक्षा कोठाभित्र कुनै पनि किसिमको अवाञ्छित गतिविधि, अनियमितता वा अनुशासनविपरीत कार्य नभएको जानकारी प्राप्त भएको छ।‎विद्यार्थीहरू निर्धारित समयमै उपस्थित भई परीक्षामा सहभागी भएका छन् भने परीक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन प्रभावकारी रूपमा गरिएको छ। विद्यालय प्रशासनले परीक्षा निष्पक्ष, पारदर्शी र मर्यादित ढंगले सम्पन्न गराउन सबै पक्षको सहयोग रहेको जनाएको छ।‎विद्यालय परिवारले सम्पूर्ण परीक्षार्थीहरूको सफलताको कामना गर्दै आगामी दिनमा पनि यस्तै अनुशासित वातावरणमा परीक्षा सञ्चालन हुने विश्वास व्यक्त गरेको छ।

About The Author

Mithila Times

Leave a Comment