Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

‎मधेस ट्राभल मार्ट सम्पन्न, भारतीय पर्यटन बजारसँग मधेसलाई जोड्ने प्रयास

By Mithila Times ३ महिना अगाडि ३ महिना अगाडि 16 views
MITHILA TIMESmithila-times.com

‎वीरगञ्ज, ३१ जेठ

मधेस प्रदेशको पर्यटन प्रवर्द्धन तथा यहाँका पर्यटकीय गन्तव्य, संस्कृति र स्थानीय परिकारको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले गत शुक्रबारदेखि सुरु भएको चारदिने ‘मधेस ट्राभल मार्ट’ आइतबार सम्पन्न भएको छ।‎‎नेपाल पर्यटन बोर्ड र जीतपुरसिमरा उपमहानगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमको समन्वय नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) मधेस प्रदेशले गरेको हो। कार्यक्रममा मधेस प्रदेशका आठवटै जिल्लाका पर्यटकीय क्षेत्र, धार्मिक सम्पदा, संस्कृति तथा स्थानीय उत्पादनलाई पर्यटन बजारसँग जोड्ने प्रयास गरिएको आयोजकले जनाएको छ।‎‎नाटा मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछानेका अनुसार नेपाल र भारतका विभिन्न सहरबाट दुई सयभन्दा बढी पर्यटन व्यवसायी, टुर अपरेटर, कन्टेन्ट क्रियटर, सञ्चारकर्मी तथा पर्यटक कार्यक्रममा सहभागी भएका थिए। भारतका रक्सौल, पटना, दरभंगा, सीतामढी, मुजफ्फरपुर, वाराणसी, अयोध्या र कोलकातालगायतका सहरबाट आएका पर्यटन व्यवसायीहरूलाई मधेसका पर्यटकीय सम्भावनाबारे प्रत्यक्ष जानकारी गराइएको थियो।‎‎अध्यक्ष लामिछानेले भारतीय पर्यटकको आगमन वृद्धि गर्ने लक्ष्यसहित ट्राभल मार्ट आयोजना गरिएको बताउँदै बारा–पर्सासहित मधेसका आठै जिल्लाका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदालाई भारतीय पर्यटन बजारसँग जोड्ने प्रयास गरिएको बताए।‎‎चार दिनसम्म सञ्चालन भएको कार्यक्रम नेपाल पर्यटन बोर्ड, स्थानीय तह तथा अन्य साझेदार निकायहरूको सहलगानीमा आयोजना गरिएको थियो। कार्यक्रमको सचिवालय जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको थियो भने वीरगञ्ज महानगरपालिका र बर्दिबास नगरपालिकाले समेत सहयोग गरेका थिए।‎‎जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले मधेस प्रदेशको पर्यटन क्षेत्रको अपार सम्भावनालाई उजागर गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। उनले अमलेखगञ्जलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अभियानअन्तर्गत ट्राभल मार्ट आयोजना गरिएको उल्लेख गरे।‎‎कार्यक्रमको औपचारिक उद्घाटन शुक्रबार वीरगञ्जस्थित होटल सरोवरमा गरिएको थियो। उद्घाटनअघि सहभागीहरूलाई महागढीमाई मन्दिरको दर्शन गराइएको थियो। उद्घाटनपछि टोली सिमरा पुगेर होटल क्लासिक प्लाजामा पर्यटन प्रवर्द्धनसम्बन्धी छलफल कार्यक्रममा सहभागी भएको थियो।‎‎कार्यक्रमको दोस्रो दिन सहभागीहरूलाई अमलेखगञ्जस्थित सिद्धबाबा हाइकिङ रुट तथा पर्सा राष्ट्रिय निकुञ्जमा जंगल सफारी गराइएको थियो। त्यसपछि टोली बर्दिबासस्थित तुलेश्वर महादेव मन्दिर हुँदै जनकपुरधाम पुगेको थियो। जनकपुरमा मिथिला आर्ट ग्यालरी अवलोकन, जानकी मन्दिर दर्शन तथा साँझको गंगा आरतीमा सहभागिता गराइएको थियो।‎‎चारदिने भ्रमण तथा अवलोकन कार्यक्रमपछि आइतबार जनकपुरधामबाट सहभागीहरूलाई बिदाइ गरिएको आयोजकले जनाएको छ।‎‎आयोजकका अनुसार मधेस ट्राभल मार्टले मधेस प्रदेशका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यहरूको अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। साथै भारतीय पर्यटक भित्र्याउने अभियानलाई थप प्रभावकारी बनाउँदै पर्यटन क्षेत्रको आर्थिक गतिविधि विस्तारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।‎

About The Author

Mithila Times

Leave a Comment