Breaking
वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव भोटेकोशी बाढीमा ज्यान गुमाउनेप्रति वीरगञ्ज कपडा बैंकद्वारा दीप प्रज्वलनसहित श्रद्धाञ्जली लागूऔषध गाँजा बरामद भएको मारुती भ्यानको स्टिकर उक्काउने व्यक्ति पक्राउ, सात दिनको म्याद थप पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको कुखुरा बोकेको पिकअप डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त सर्लाहीमा स्रोत नखुलेको रु. ७ लाख ५७ हजारसहित एक जना पक्राउ
News

विश्व प्रेस स्वतन्त्रता दिवसमा पर्सामा प्रभातफेरी सम्पन्न, प्रेस स्वतन्त्रताको रक्षामा एकजुट हुन आह्वान

By Mithila Times ४ महिना अगाडि ४ महिना अगाडि 12 views
MITHILA TIMESmithila-times.com

वीरगञ्ज, २० वैशाख

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले वीरगञ्जमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ। शाखाका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा जिल्लाभरका सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रममा शाखाका सचिव विजय महतो, सह–सचिव एसके चौरसिया लगायत महासङ्घका पदाधिकारी तथा सक्रिय पत्रकारहरूको उपस्थिति रहेको थियो। प्रभातफेरी वीरगञ्जको घण्टाघरबाट सुरु भई शहरका विभिन्न मुख्य मार्ग परिक्रमा गर्दै पुनः सोही स्थानमा पुगेर समापन गरिएको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खनालले पछिल्लो समय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता चुनौतीपूर्ण बन्दै गएको उल्लेख गरे। उनले संघीय संसद्मा विचाराधीन मिडिया काउन्सिल विधेयक, सामाजिक सञ्जाल सञ्चालन तथा नियमन विधेयक, सूचना प्रविधि ऐन लगायत सञ्चारसम्बन्धी विभिन्न कानुनी प्रावधानप्रति महासङ्घको गम्भीर चासो रहेको बताए।उनले सञ्चार क्षेत्रले भोगिरहेको आर्थिक संकट, पत्रकारहरूको बढ्दो पलायन, निजी सञ्चारमाध्यमप्रति सरकारी विज्ञापन तथा सूचना प्रवाहमा देखिएको असमानताजस्ता समस्याले पत्रकारिता क्षेत्र थप संकटग्रस्त बनेको धारणा व्यक्त गरे।अध्यक्ष खनालले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सम्पूर्ण सञ्चारकर्मी, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूलाई शुभकामना व्यक्त गर्दै प्रेस स्वतन्त्रताको रक्षाका लागि सबै पेसागत संगठन, नागरिक अगुवा तथा सरोकारवालाबीच ऐक्यबद्धता आवश्यक रहेकोमा जोड दिएका छन्।

About The Author

Mithila Times

Leave a Comment