Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
News

रास्वपाद्वारा लेवी परिमार्जन: सांसदको घट्यो, मन्त्री र स्वकीय सचिवको यथावत्

By Mithila Times ६ महिना अगाडि ६ महिना अगाडि 36 views
MITHILA TIMESmithila-times.com

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीभित्र लागू हुने लेवी संरचनामा परिमार्जन गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले सांसदहरूको मासिक लेवी घटाउने निर्णय गरेको हो।पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए अनुसार अब सांसदहरूले मासिक १५ हजार रुपैयाँ लेवी तिर्नुपर्नेछ। यसअघि पार्टी सचिवालय बैठकले सांसदहरूको लेवी १६ हजार ५ सय रुपैयाँ तोकेको थियो।त्यसैगरी, मन्त्रीहरूले १८ हजार रुपैयाँ र स्वकीय सचिवहरूले २ हजार रुपैयाँ लेवी तिर्नुपर्ने व्यवस्था भने यथावत् राखिएको छ। पार्टीले आन्तरिक संरचना सुदृढ गर्न र आर्थिक व्यवस्थापनलाई व्यवस्थित बनाउन लेवी परिमार्जन गरिएको जनाएको छ।रास्वपाको यो निर्णयले पार्टीभित्र आर्थिक दायित्वलाई सन्तुलित बनाउने प्रयासका रूपमा हेरिएको छ।

About The Author

Mithila Times

Leave a Comment