Breaking
वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव भोटेकोशी बाढीमा ज्यान गुमाउनेप्रति वीरगञ्ज कपडा बैंकद्वारा दीप प्रज्वलनसहित श्रद्धाञ्जली लागूऔषध गाँजा बरामद भएको मारुती भ्यानको स्टिकर उक्काउने व्यक्ति पक्राउ, सात दिनको म्याद थप पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको कुखुरा बोकेको पिकअप डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त सर्लाहीमा स्रोत नखुलेको रु. ७ लाख ५७ हजारसहित एक जना पक्राउ
News

पथलैया–चुरियामाई सडक खण्डमा अतिक्रमण हटाउन सडक डिभिजन हेटौडाको सूचना

By Mithila Times ५ महिना अगाडि ५ महिना अगाडि 16 views
MITHILA TIMESmithila-times.com

हेटौंडा — पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथलैयादेखि चुरियामाईसम्म पर्ने विभिन्न स्थानमा सडक सीमा अतिक्रमण भएको भन्दै सडक डिभिजन कार्यालय हेटौडाले सीमा खाली गर्न सूचना जारी गरेको छ। कार्यालयले सडकको मापदण्डभित्र पर्ने संरचना, पसल तथा अन्य अवरोधहरू हटाउन सम्बन्धित पक्षलाई आग्रह गरेको हो।जारी सूचनामा तोकिएको समयभित्र सडक सीमाभित्र रहेका अस्थायी तथा स्थायी संरचना स्वयं हटाउन भनिएको छ। अन्यथा, अटेर गरेमा कानुनी प्रक्रिया अपनाई कार्यालयले नै हटाउने चेतावनी दिइएको छ। सडक विस्तार तथा मर्मत कार्यलाई प्रभावकारी बनाउन अतिक्रमण हटाउन आवश्यक भएको कार्यालयले जनाएको छ।उक्त सडक खण्ड देशकै व्यस्त मार्गमध्ये एक मानिन्छ, जहाँ दैनिक ठूलो संख्यामा सवारी साधन आवतजावत गर्ने गर्छन्। तर, सडक किनारमा बढ्दो अतिक्रमणका कारण सवारी आवागमनमा अवरोध, दुर्घटनाको जोखिम तथा ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न हुँदै आएको छ।सडक डिभिजन कार्यालयले यस अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला निकायसँग समन्वय गरी अघि बढ्ने जनाएको छ। साथै, नागरिकलाई समेत सार्वजनिक सम्पत्तिको संरक्षणमा सहयोग गर्न अपिल गरिएको छ।

About The Author

Mithila Times

Leave a Comment