Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
News

इन्धन मूल्यवृद्धिविरुद्ध आयल निगम पुगेका ‘जेनजी’ माथि प्रहरी हस्तक्षेप

By Mithila Times ५ महिना अगाडि ५ महिना अगाडि 26 views
MITHILA TIMESmithila-times.com

७ वैशाख, काठमाडौं

काठमाडौंस्थित बबरमहलमा रहेको नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि इन्धन मूल्यवृद्धिको विरोधमा पुगेका युवा समूह ‘राष्ट्रिय जेनजी नागरिक अभियान’ का सदस्यहरूलाई प्रहरीले हस्तक्षेप गरी हटाएको छ।सोमबार निगम कार्यालय घेर्न पुगेका प्रदर्शनकारीहरूले गेट अगाडि उभिएर चर्को नाराबाजी गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका थिए। स्थिति तनावपूर्ण बन्न सक्ने आकलन गर्दै सुरक्षाकर्मीले उनीहरूलाई निगम परिसरबाट हटाई बबरमहल चोकतर्फ लगेको थियो।प्रदर्शनकारीहरूले इन्धनको बढ्दो मूल्यका कारण आम नागरिकको दैनिक जीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै सरकारले कर घटाएर जनतालाई राहत दिनुपर्ने माग गरेका छन्। बबरमहल चोकमा समेत उनीहरूले प्लेकार्डसहित विरोध जारी राखेका थिए।प्रदर्शनका कारण केही समय उक्त क्षेत्रमा यातायात आवागमन प्रभावित भएको थियो भने सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको थियो। सरकारले मूल्यवृद्धि सम्बन्धी निर्णय पुनर्विचार नगरे आन्दोलन थप सशक्त बनाउने चेतावनी समेत प्रदर्शनकारीहरूले दिएका छन्।

About The Author

Mithila Times

Leave a Comment