Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
News

इन्धन मूल्यवृद्धिविरुद्ध आयल निगम पुगेका ‘जेनजी’ माथि प्रहरी हस्तक्षेप

By Mithila Times ६ महिना अगाडि ६ महिना अगाडि 57 views
MITHILA TIMESmithila-times.com

७ वैशाख, काठमाडौं

काठमाडौंस्थित बबरमहलमा रहेको नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि इन्धन मूल्यवृद्धिको विरोधमा पुगेका युवा समूह ‘राष्ट्रिय जेनजी नागरिक अभियान’ का सदस्यहरूलाई प्रहरीले हस्तक्षेप गरी हटाएको छ।सोमबार निगम कार्यालय घेर्न पुगेका प्रदर्शनकारीहरूले गेट अगाडि उभिएर चर्को नाराबाजी गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका थिए। स्थिति तनावपूर्ण बन्न सक्ने आकलन गर्दै सुरक्षाकर्मीले उनीहरूलाई निगम परिसरबाट हटाई बबरमहल चोकतर्फ लगेको थियो।प्रदर्शनकारीहरूले इन्धनको बढ्दो मूल्यका कारण आम नागरिकको दैनिक जीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै सरकारले कर घटाएर जनतालाई राहत दिनुपर्ने माग गरेका छन्। बबरमहल चोकमा समेत उनीहरूले प्लेकार्डसहित विरोध जारी राखेका थिए।प्रदर्शनका कारण केही समय उक्त क्षेत्रमा यातायात आवागमन प्रभावित भएको थियो भने सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको थियो। सरकारले मूल्यवृद्धि सम्बन्धी निर्णय पुनर्विचार नगरे आन्दोलन थप सशक्त बनाउने चेतावनी समेत प्रदर्शनकारीहरूले दिएका छन्।

About The Author

Mithila Times

Leave a Comment