Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
News

लामो समयदेखि रोकिएको सशस्त्र प्रहरीको डीआईजी बढुवा प्रक्रिया अघि बढ्ने संकेत

By Mithila Times ५ महिना अगाडि ५ महिना अगाडि 18 views
MITHILA TIMESmithila-times.com

लामो समयदेखि रोकिएको सशस्त्र प्रहरी बल (एपीएफ) को डीआईजी बढुवा प्रक्रिया अब अघि बढ्ने संकेत देखिएको छ। बढुवा प्रक्रिया अन्योलमा परिरहेका बेला एआईजी सुधन गुरुङले सक्रिय चासो देखाएपछि विषय फेरि चर्चामा आएको हो।स्रोतका अनुसार, संगठनभित्रैबाट बढुवा प्रक्रिया छिटो टुंग्याउन दबाब बढिरहेको छ। लामो समयसम्म बढुवा रोकिँदा संगठनको नेतृत्व तहमा खालीपन देखिएको र कार्यसम्पादनमा समेत प्रभाव परेको भन्दै सरोकारवाला पक्षले चासो व्यक्त गर्दै आएका थिए।एआईजी गुरुङले प्रतिस्पर्धाका आधारमा योग्य अधिकृतहरूलाई डीआईजीमा बढुवा गरिनुपर्ने धारणा राख्दै प्रक्रिया अगाडि बढाउन पहल थालेका छन्। यससँगै सम्भावित प्रतिस्पर्धी अधिकृतहरूबीच चहलपहल पनि बढ्न थालेको छ।सशस्त्र प्रहरी बलभित्र डीआईजी पदका लागि योग्य अधिकृतहरूको सूची तयार भइसकेको बताइन्छ। अब मापदण्डअनुसार मूल्यांकन गरी छिट्टै बढुवा प्रक्रिया टुंग्याइने अपेक्षा गरिएको छ।बढुवा प्रक्रिया निष्पक्ष र पारदर्शी हुनुपर्नेमा जोड दिइँदै आएको छ। प्रतिस्पर्धात्मक प्रणालीमार्फत योग्य व्यक्तिलाई जिम्मेवारी दिइएमा संगठनको कार्यक्षमता अझ मजबुत हुने विश्वास गरिएको छ।यसअघि विभिन्न कारणले रोकिएको बढुवा प्रक्रिया अब अघि बढ्ने संकेतसँगै सशस्त्र प्रहरीभित्र सकारात्मक सन्देश गएको बताइएको छ।

About The Author

Mithila Times

Leave a Comment