Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
News

लामो समयदेखि रोकिएको सशस्त्र प्रहरीको डीआईजी बढुवा प्रक्रिया अघि बढ्ने संकेत

By Mithila Times ७ महिना अगाडि ७ महिना अगाडि 34 views
MITHILA TIMESmithila-times.com

लामो समयदेखि रोकिएको सशस्त्र प्रहरी बल (एपीएफ) को डीआईजी बढुवा प्रक्रिया अब अघि बढ्ने संकेत देखिएको छ। बढुवा प्रक्रिया अन्योलमा परिरहेका बेला एआईजी सुधन गुरुङले सक्रिय चासो देखाएपछि विषय फेरि चर्चामा आएको हो।स्रोतका अनुसार, संगठनभित्रैबाट बढुवा प्रक्रिया छिटो टुंग्याउन दबाब बढिरहेको छ। लामो समयसम्म बढुवा रोकिँदा संगठनको नेतृत्व तहमा खालीपन देखिएको र कार्यसम्पादनमा समेत प्रभाव परेको भन्दै सरोकारवाला पक्षले चासो व्यक्त गर्दै आएका थिए।एआईजी गुरुङले प्रतिस्पर्धाका आधारमा योग्य अधिकृतहरूलाई डीआईजीमा बढुवा गरिनुपर्ने धारणा राख्दै प्रक्रिया अगाडि बढाउन पहल थालेका छन्। यससँगै सम्भावित प्रतिस्पर्धी अधिकृतहरूबीच चहलपहल पनि बढ्न थालेको छ।सशस्त्र प्रहरी बलभित्र डीआईजी पदका लागि योग्य अधिकृतहरूको सूची तयार भइसकेको बताइन्छ। अब मापदण्डअनुसार मूल्यांकन गरी छिट्टै बढुवा प्रक्रिया टुंग्याइने अपेक्षा गरिएको छ।बढुवा प्रक्रिया निष्पक्ष र पारदर्शी हुनुपर्नेमा जोड दिइँदै आएको छ। प्रतिस्पर्धात्मक प्रणालीमार्फत योग्य व्यक्तिलाई जिम्मेवारी दिइएमा संगठनको कार्यक्षमता अझ मजबुत हुने विश्वास गरिएको छ।यसअघि विभिन्न कारणले रोकिएको बढुवा प्रक्रिया अब अघि बढ्ने संकेतसँगै सशस्त्र प्रहरीभित्र सकारात्मक सन्देश गएको बताइएको छ।

About The Author

Mithila Times

Leave a Comment