Breaking
वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव भोटेकोशी बाढीमा ज्यान गुमाउनेप्रति वीरगञ्ज कपडा बैंकद्वारा दीप प्रज्वलनसहित श्रद्धाञ्जली लागूऔषध गाँजा बरामद भएको मारुती भ्यानको स्टिकर उक्काउने व्यक्ति पक्राउ, सात दिनको म्याद थप पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको कुखुरा बोकेको पिकअप डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त सर्लाहीमा स्रोत नखुलेको रु. ७ लाख ५७ हजारसहित एक जना पक्राउ
News

संयुक्त राष्ट्र संघको CEPA सत्रमा राजु लामाको सहभागिता, दक्षिण एसियाली पत्रकारिताको आवाज विश्वमञ्चमा

By Mithila Times ५ महिना अगाडि ५ महिना अगाडि 11 views
MITHILA TIMESmithila-times.com

काठमाडौं | चैत २५

सार्क पत्रकार मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा संयुक्त राष्ट्र संघअन्तर्गत सार्वजनिक प्रशासनसम्बन्धी विशेषज्ञ समिति (CEPA) को २५औँ सत्रमा सहभागी हुने भएका छन्। उक्त सत्र सन् २०२६ अप्रिल १३ देखि १७ तारिखसम्म United Nations को मुख्यालय, New York City मा आयोजना हुँदैछ।विश्वव्यापी सार्वजनिक प्रशासन, सुशासन, नवप्रवर्तन तथा दिगो विकास लक्ष्य (SDGs) कार्यान्वयनका विषयमा केन्द्रित यो सत्र संयुक्त राष्ट्र संघको एक महत्वपूर्ण उच्चस्तरीय मञ्चका रूपमा लिइन्छ। यसमा विश्वभरका विज्ञ, नीति निर्माता तथा संस्थागत नेतृत्वकर्ताहरू सहभागी भई अन्तर्राष्ट्रिय शासन प्रणाली र नीति निर्माणमा योगदान दिने गर्छन्।राजु लामाको सहभागितालाई अन्तर्राष्ट्रिय मिडिया नेतृत्वका रूपमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। उनको उपस्थिति मार्फत लोकतान्त्रिक शासन, पारदर्शिता र समावेशी विकास प्रवर्द्धनमा स्वतन्त्र पत्रकारिता तथा सीमापार मिडिया सहकार्यको भूमिकालाई थप सशक्त रूपमा प्रस्तुत गरिने अपेक्षा गरिएको छ।लामाले आफ्नो सहभागिताबारे प्रतिक्रिया दिँदै भने, “यो प्लेटफर्मले पत्रकारितालाई विश्वव्यापी नीति निर्माणसँग जोड्ने महत्वपूर्ण अवसर प्रदान गर्छ। स्वतन्त्र मिडियाले जवाफदेहिता, दिगो विकास र अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धनमा अझ सक्रिय भूमिका खेल्न आवश्यक छ।”२५औँ CEPA सत्रले सन् २०३० सम्मको दिगो विकास एजेन्डा हासिल गर्न सहयोग पुर्‍याउने लक्ष्यसहित प्रभावकारी शासन प्रणाली, संस्थागत सुदृढीकरण र नवप्रवर्तनयुक्त सार्वजनिक प्रशासन अभ्यासहरूमा विशेष जोड दिनेछ।राजु लामाको सहभागिताले सार्क पत्रकार मञ्चको अन्तर्राष्ट्रिय पहिचानलाई अझ मजबुत बनाउने तथा विश्वस्तरका संस्थाहरूसँग सहकार्य र संवाद विस्तार गर्ने विश्वास गरिएको छ।

About The Author

Mithila Times

Leave a Comment