लागुऔषध, नगद र सुन–चाँदीका गरगहना सहित एक जना नियन्त्रणमा

काठमाडौं, २५ चैत २०८२
नेपाल प्रहरी अन्तर्गत जिल्ला प्रहरी परिसर काठमाडौं ले ठूलो परिमाणमा लागुऔषध, नगद रकम तथा चोरीका सुन–चाँदीका गरगहना सहित एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ।प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिबाट करिब ३२६५ पिस लागुऔषध (इन्जेक्सन), ३ लाख रुपैयाँभन्दा बढी नगद तथा सुन–चाँदीका विभिन्न गरगहना बरामद गरिएको छ। बरामद गरिएका सामग्रीहरू विभिन्न स्थानबाट संकलन गरी अवैध कारोबारमा प्रयोग भइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।उक्त व्यक्ति लागुऔषध कारोबारसँगै चोरीका घटनामा समेत संलग्न रहेको आशंका गरिएको प्रहरीले जनाएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ भने संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ।प्रहरीले लागुऔषध तथा आपराधिक गतिविधिविरुद्ध कडाइका साथ कारबाही अघि बढाइएको भन्दै यस्ता कार्यमा संलग्न नहुन सर्वसाधारणलाई अनुरोध गरेको




