Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
News

मधेसमा दुई दिने समाचार लेखन तथा सम्पादन तालिम सम्पन्न, ६० सञ्चारकर्मी लाभान्वित

By Mithila Times ५ महिना अगाडि ५ महिना अगाडि 13 views
MITHILA TIMESmithila-times.com

आमसञ्चार प्राधिकरणको आयोजनामा मधेस प्रदेशका अनलाइन सञ्चारकर्मीहरूका लागि सञ्चालन गरिएको दुई दिने समाचार लेखन तथा सम्पादन तालिम बुधबार धनुषाको धल्केवरस्थित कोमल होटेलमा सम्पन्न भएको छ। प्रदेशका आठै जिल्लाबाट आएका सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागितामा सम्पन्न तालिमले पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्य लिएको थियो।तालिमको उद्घाटन मधेस प्रदेशका अर्थमन्त्री महेश यादवले दीप प्रज्वलन गरी गरेका थिए। उद्घाटन मन्तव्यमा उनले अनलाइन सञ्चारमाध्यमहरूले सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्दै समाजको ऐनाको रूपमा जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।उद्घाटन सत्र मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष सुरेश यादव तथा आमसञ्चार प्राधिकरणका अध्यक्ष जीतेन्द्रकुमार खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्राधिकरणका निमित्त प्रशासकीय प्रमुख सन्तोषकुमार साहलगायतका कर्मचारीहरूले व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरेका थिए।तालिमको पहिलो र दोस्रो दिन नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झा तथा प्रशिक्षक कृष्ण अधिकारीले प्रशिक्षण दिएका थिए। प्रशिक्षणका क्रममा अनलाइन पत्रकारिताको बढ्दो प्रभाव, समाचार सङ्कलनका आधुनिक प्रविधि, सम्पादनका प्राविधिक पक्ष तथा पत्रकारिता आचारसंहिताबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।यसैगरी सहभागीहरूलाई समाचारको संरचना निर्माण, प्रभावकारी हेडलाइन लेखन, तथा डिजिटल प्लेटफर्ममा समाचारको विश्वसनीयता कायम राख्ने उपायहरूबारे व्यावहारिक प्रशिक्षण दिइएको थियो।तालिममा सहभागी सञ्चारकर्मीहरूले यस्ता कार्यक्रमहरूले आफ्नो पेशागत दक्षता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।मधेस प्रदेशमा हाल १०४ वटा अनलाइन सञ्चारमाध्यम दर्ता रहेका छन्। उक्त तालिममा विभिन्न जिल्लाबाट आएका ६० जना सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। तालिम समापनपछि सबै सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो।

About The Author

Mithila Times

Leave a Comment