Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
News

पिंगलास्थानमा प्रहरीको गोली प्रहारपछि लागुऔषध कारोबारी पक्राउ, ब्राउन सुगर बरामद

By Mithila Times ७ महिना अगाडि ७ महिना अगाडि 28 views
MITHILA TIMESmithila-times.com

काठमाडौंको पिंगलास्थान क्षेत्रमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ। लागुऔषध नियन्त्रण ब्युरोको विशेष टोलीले सञ्चालन गरेको कारबाहीका क्रममा एक जना कारोबारी गोली लागेर घाइते भएका छन्।
प्राप्त सूचनाका आधारमा सो टोली पिंगलास्थान पुगेको थियो। लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनापछि प्रहरी टोलीले संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा अवस्था तनावपूर्ण बनेको र सोही क्रममा गोली चलाउनु परेको प्रहरीले जनाएको छ।
गोली लागेर सामान्य घाइते भएका ती व्यक्तिलाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको छ। उनलाई थप उपचारका लागि नजिकैको अस्पताल लगिएको जनाइएको छ।
प्रहरीले घटनास्थलबाट अन्दाजी एक किलोग्राम अवैध लागुऔषध ‘ब्राउन सुगर’ समेत बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

About The Author

Mithila Times

Leave a Comment