Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
News

पिंगलास्थानमा प्रहरीको गोली प्रहारपछि लागुऔषध कारोबारी पक्राउ, ब्राउन सुगर बरामद

By Mithila Times ५ महिना अगाडि ५ महिना अगाडि 11 views
MITHILA TIMESmithila-times.com

काठमाडौंको पिंगलास्थान क्षेत्रमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ। लागुऔषध नियन्त्रण ब्युरोको विशेष टोलीले सञ्चालन गरेको कारबाहीका क्रममा एक जना कारोबारी गोली लागेर घाइते भएका छन्।
प्राप्त सूचनाका आधारमा सो टोली पिंगलास्थान पुगेको थियो। लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनापछि प्रहरी टोलीले संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा अवस्था तनावपूर्ण बनेको र सोही क्रममा गोली चलाउनु परेको प्रहरीले जनाएको छ।
गोली लागेर सामान्य घाइते भएका ती व्यक्तिलाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको छ। उनलाई थप उपचारका लागि नजिकैको अस्पताल लगिएको जनाइएको छ।
प्रहरीले घटनास्थलबाट अन्दाजी एक किलोग्राम अवैध लागुऔषध ‘ब्राउन सुगर’ समेत बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

About The Author

Mithila Times

Leave a Comment