Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
News

जनकपुरमा उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको सातौं प्रदेश सभा सम्पन्न, ‘समृद्ध मधेश’ पुस्तक विमोचन

By Mithila Times ७ महिना अगाडि ७ महिना अगाडि 28 views
MITHILA TIMESmithila-times.com

जनकपुर, चैत २४नेपाल उद्योग वाणिज्य महासंघ–मधेश प्रदेशको सातौं प्रदेश सभा तथा निर्वाचन २०८२ को उद्घाटन समारोह जनकपुरमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी र मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले संयुक्त रूपमा गमलामा पानी हालेर गरेका थिए।अध्यक्ष अशोक टेमानीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मुख्यमन्त्री कृष्ण यादव प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। साथै प्रहरी नायब महानिरीक्षक गोविन्द थपलिया, सशस्त्र प्रहरीका नायब महानिरीक्षक कृष्ण ढकाल लगायत विभिन्न जिल्लाका उद्योग वाणिज्य संघका अध्यक्ष, पदाधिकारी तथा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष टेमानीले मधेश प्रदेशको समग्र विकासमा निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे। उनले प्रदेशलाई आर्थिक रूपमा सबल बनाउन नयाँ आर्थिक सम्भावनाहरूको खोजी, लगानीमैत्री वातावरण निर्माण तथा नीतिगत सहजीकरण आवश्यक रहेको बताए।उनले भने, “मधेश प्रदेशलाई विकसित र समृद्ध बनाउन निजी क्षेत्रलाई सशक्त बनाउनुपर्छ। त्यसका लागि लगानीको वातावरण सुधार र आर्थिक मेरुदण्डहरूको पहिचान अपरिहार्य छ।”कार्यक्रमका अवसरमा वर्षभर उत्कृष्ट कार्य गर्ने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको थियो। साथै ‘समृद्ध मधेश’ नामक पुस्तकको विमोचन गरिएको छ, जसमा प्रदेशको विकास, लगानी सम्भावना र नीतिगत मार्गचित्र समेटिएको छ।कार्यक्रमको सञ्चालन संजय साहले गरेका थिए।

About The Author

Mithila Times

Leave a Comment