Breaking
धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह
News

जनकपुरमा उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको सातौं प्रदेश सभा सम्पन्न, ‘समृद्ध मधेश’ पुस्तक विमोचन

By Mithila Times ५ महिना अगाडि ५ महिना अगाडि 17 views
MITHILA TIMESmithila-times.com

जनकपुर, चैत २४नेपाल उद्योग वाणिज्य महासंघ–मधेश प्रदेशको सातौं प्रदेश सभा तथा निर्वाचन २०८२ को उद्घाटन समारोह जनकपुरमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी र मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले संयुक्त रूपमा गमलामा पानी हालेर गरेका थिए।अध्यक्ष अशोक टेमानीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मुख्यमन्त्री कृष्ण यादव प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। साथै प्रहरी नायब महानिरीक्षक गोविन्द थपलिया, सशस्त्र प्रहरीका नायब महानिरीक्षक कृष्ण ढकाल लगायत विभिन्न जिल्लाका उद्योग वाणिज्य संघका अध्यक्ष, पदाधिकारी तथा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष टेमानीले मधेश प्रदेशको समग्र विकासमा निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे। उनले प्रदेशलाई आर्थिक रूपमा सबल बनाउन नयाँ आर्थिक सम्भावनाहरूको खोजी, लगानीमैत्री वातावरण निर्माण तथा नीतिगत सहजीकरण आवश्यक रहेको बताए।उनले भने, “मधेश प्रदेशलाई विकसित र समृद्ध बनाउन निजी क्षेत्रलाई सशक्त बनाउनुपर्छ। त्यसका लागि लगानीको वातावरण सुधार र आर्थिक मेरुदण्डहरूको पहिचान अपरिहार्य छ।”कार्यक्रमका अवसरमा वर्षभर उत्कृष्ट कार्य गर्ने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको थियो। साथै ‘समृद्ध मधेश’ नामक पुस्तकको विमोचन गरिएको छ, जसमा प्रदेशको विकास, लगानी सम्भावना र नीतिगत मार्गचित्र समेटिएको छ।कार्यक्रमको सञ्चालन संजय साहले गरेका थिए।

About The Author

Mithila Times

Leave a Comment