Breaking
वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव भोटेकोशी बाढीमा ज्यान गुमाउनेप्रति वीरगञ्ज कपडा बैंकद्वारा दीप प्रज्वलनसहित श्रद्धाञ्जली लागूऔषध गाँजा बरामद भएको मारुती भ्यानको स्टिकर उक्काउने व्यक्ति पक्राउ, सात दिनको म्याद थप पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको कुखुरा बोकेको पिकअप डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त सर्लाहीमा स्रोत नखुलेको रु. ७ लाख ५७ हजारसहित एक जना पक्राउ
News

स्मार्ट पुलिस अवधारणामा नयाँ फड्को: पर्सामा डिजिटल शौचालय सेवा सुरु

By Mithila Times ५ महिना अगाडि ५ महिना अगाडि 12 views
MITHILA TIMESmithila-times.com

वीरगञ्ज, २३ चैतपर्सा जिल्लामा स्मार्ट पुलिस अवधारणालाई थप सुदृढ बनाउँदै आधुनिक डिजिटल प्रविधियुक्त स्नान तथा शौचालय भवनको उद्घाटन गरिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा निर्माण गरिएको उक्त सुविधा प्रहरी कर्मचारीहरूको स्वच्छता, स्वास्थ्य तथा कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको हो।“स्वच्छता नै स्वास्थ्यको आधार हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपालमै पहिलो पटक डिजिटल प्रणालीसहितको अत्याधुनिक शौचालय सेवा सञ्चालनमा ल्याइएको हो। सोमबार आयोजित विशेष कार्यक्रममा उक्त भवनको औपचारिक उद्घाटन गरिएको हो।कार्यक्रममा प्रहरी उपरीक्षक सुदीप राज पाठकको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै उनले यस्तो आधुनिक पूर्वाधारले प्रहरी कर्मचारीहरूको स्वास्थ्य र कार्यसम्पादनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। साथै, उनले निर्माण कार्यमा सहयोग पुर्‍याउने रुङ्गटा वेलफेयर सोसाइटी तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरप्रति विशेष आभार व्यक्त गरे।उक्त कार्यक्रममा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतान, रुङ्गटा वेलफेयर सोसाइटीका कोषाध्यक्ष सुरेश रुङ्गटा, लायन्स क्लब आदर्शनगरका प्रकाश बाहेती लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रममा बोल्दै अध्यक्ष जय प्रकाश खेतानले प्रहरी कर्मचारीहरूको आधारभूत आवश्यकतालाई सम्बोधन गर्ने यस्ता पूर्वाधार निर्माण अत्यन्त सराहनीय कदम भएको बताए। उनले स्वच्छता र स्वास्थ्यबीचको गहिरो सम्बन्धलाई उल्लेख गर्दै यस्तो डिजिटल सुविधा युक्त संरचनाले दैनिक कार्यजीवनलाई सहज बनाउने विश्वास व्यक्त गरे।नव-निर्मित उक्त भवनले प्रहरी कर्मचारीहरूलाई स्वच्छ, सुरक्षित र आधुनिक सुविधा सम्पन्न वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ। साथै, समुदाय र सुरक्षाकर्मीबीचको सहकार्यलाई अझ मजबुत बनाउन यस्ता योजनाहरू प्रभावकारी हुने विश्वास गरिएको छ।अध्यक्ष खेतानले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता रचनात्मक तथा जनहितका कार्यहरूमा निरन्तर सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरे।

About The Author

Mithila Times

Leave a Comment