Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
News

युनाइटेड अरब इमिरेट्स मा मिसाइलका टुक्राबाट घाइते ७ नेपालीमध्ये ६ डिस्चार्ज, एक खतरामुक्त

By Mithila Times ५ महिना अगाडि ५ महिना अगाडि 12 views
MITHILA TIMESmithila-times.com

इमिरेट्स को राजधानी अबु धाबी स्थित अजवन क्षेत्रमा इरानी मिसाइलको टुक्रा खसेर घाइते भएका ७ नेपालीमध्ये ६ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् भने एक जनाको अवस्था खतरामुक्त रहेको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ।दूतावासका अनुसार घाइतेहरूसँग टेलिफोनमार्फत सम्पर्क राख्नुका साथै चार जनासँग प्रत्यक्ष भेटघाट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिइएको छ। घाइतेहरूको उपचार, सहयोग र आवश्यक समन्वयका लागि दूतावास निरन्तर सक्रिय रहेको जनाएको छ।इरानबाट प्रहार गरिएका मिसाइल तथा ड्रोनलाई निस्तेज बनाउने क्रममा खसेका टुक्राहरू लागेर उनीहरू घाइते भएका हुन्। दूतावासले यूएई सरकारले जारी गरेको सुरक्षा निर्देशिका पूर्ण रूपमा पालना गर्न त्यहाँ रहेका नेपालीहरूलाई आग्रह गरेको छ।हाल युनाइटेड अर्ब फमिरतेसमा करिब ७ लाख नेपाली कार्यरत छन्। पछिल्लो समय इरान र अमेरिका–इजरायलबीचको तनावका कारण खाडी क्षेत्रका देशहरू, विशेषगरी यूएई, प्रभावित भइरहेका छन्।यसअघि पनि मिसाइलको टुक्रा खसेर यूएईमा १७ नेपाली घाइते भएका थिए। यूएईको रक्षा मन्त्रालयका अनुसार हालसम्म सयौं मिसाइल र ड्रोन आक्रमणलाई निस्तेज पारिएको छ। फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वयता यूएईमा २ सयभन्दा बढी व्यक्ति घाइते भएका छन् भने विभिन्न देशका ८ जनाको मृत्यु भइसकेको छ, जसमा एक नेपाली पनि रहेका छन्।

About The Author

Mithila Times

Leave a Comment