Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
News

युनाइटेड अरब इमिरेट्स मा मिसाइलका टुक्राबाट घाइते ७ नेपालीमध्ये ६ डिस्चार्ज, एक खतरामुक्त

By Mithila Times ७ महिना अगाडि ७ महिना अगाडि 29 views
MITHILA TIMESmithila-times.com

इमिरेट्स को राजधानी अबु धाबी स्थित अजवन क्षेत्रमा इरानी मिसाइलको टुक्रा खसेर घाइते भएका ७ नेपालीमध्ये ६ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् भने एक जनाको अवस्था खतरामुक्त रहेको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ।दूतावासका अनुसार घाइतेहरूसँग टेलिफोनमार्फत सम्पर्क राख्नुका साथै चार जनासँग प्रत्यक्ष भेटघाट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिइएको छ। घाइतेहरूको उपचार, सहयोग र आवश्यक समन्वयका लागि दूतावास निरन्तर सक्रिय रहेको जनाएको छ।इरानबाट प्रहार गरिएका मिसाइल तथा ड्रोनलाई निस्तेज बनाउने क्रममा खसेका टुक्राहरू लागेर उनीहरू घाइते भएका हुन्। दूतावासले यूएई सरकारले जारी गरेको सुरक्षा निर्देशिका पूर्ण रूपमा पालना गर्न त्यहाँ रहेका नेपालीहरूलाई आग्रह गरेको छ।हाल युनाइटेड अर्ब फमिरतेसमा करिब ७ लाख नेपाली कार्यरत छन्। पछिल्लो समय इरान र अमेरिका–इजरायलबीचको तनावका कारण खाडी क्षेत्रका देशहरू, विशेषगरी यूएई, प्रभावित भइरहेका छन्।यसअघि पनि मिसाइलको टुक्रा खसेर यूएईमा १७ नेपाली घाइते भएका थिए। यूएईको रक्षा मन्त्रालयका अनुसार हालसम्म सयौं मिसाइल र ड्रोन आक्रमणलाई निस्तेज पारिएको छ। फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वयता यूएईमा २ सयभन्दा बढी व्यक्ति घाइते भएका छन् भने विभिन्न देशका ८ जनाको मृत्यु भइसकेको छ, जसमा एक नेपाली पनि रहेका छन्।

About The Author

Mithila Times

Leave a Comment