Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

‎जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा SEE परीक्षाको मर्यादा भंग गर्ने ३ जना पक्राउ‎

By Mithila Times ५ महिना अगाडि ५ महिना अगाडि 12 views
MITHILA TIMESmithila-times.com

‎गौर, रौतहट‎माध्यमिक शिक्षा परीक्षा (SEE) सञ्चालन भइरहेका बेला परीक्षा प्रणालीको गोपनीयता भंग गर्ने कार्यमा संलग्न तीन जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको छ।‎प्रहरीका अनुसार परीक्षा चलिरहेका क्रममा परीक्षार्थीहरूलाई WhatsApp Group मा आबद्ध गराई परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिर (Out) गराई त्यसका उत्तरहरू मोबाइल फोनमार्फत पठाउने कार्य भइरहेको सूचना पाएपछि अनुसन्धान अघि बढाइएको थियो।‎उक्त गतिविधिमा संलग्न व्यक्तिहरूले परीक्षाको मर्यादा विपरीत कार्य गर्दै विद्यार्थीहरूलाई अनलाइन माध्यमबाट अनुचित सहयोग पुर्‍याइरहेको पुष्टि भएपछि प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।‎पक्राउ पर्नेहरूमा गरुडा नगरपालिका–७ बस्ने १८ वर्षीय चन्दन पटेल, चन्द्रपुर नगरपालिका–९ बस्ने २० वर्षीय रोहित कुमार पटेल तथा बलरा नगरपालिका–८ बस्ने १८ वर्षीय धिरज साह रहेका छन्।‎प्रहरीले उनीहरूको साथबाट मोबाइल फोनलगायत सामग्री बरामद गरी थप अनुसन्धान भइरहेको जनाएको छ। साथै, यस्तो कार्यले परीक्षा प्रणालीको विश्वसनीयता र निष्पक्षतामा गम्भीर असर पर्ने भएकाले संलग्नहरूलाई कानुनअनुसार कडा कारबाही गरिने चेतावनी पनि दिएको छ।‎प्रहरीले आगामी दिनमा यस्ता गतिविधि नियन्त्रण गर्न निगरानी थप कडा बनाइने र कसैले पनि परीक्षा सम्बन्धी गोपनीयता भंग गर्ने प्रयास नगर्न आग्रह गरेको छ।

About The Author

Mithila Times

Leave a Comment