Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

‎SEE प्रश्नपत्र आउट गर्ने व्यक्ति नियन्त्रणमा, गोपनीयता भङ्गको आरोप

By Mithila Times ७ महिना अगाडि ७ महिना अगाडि 27 views
MITHILA TIMESmithila-times.com

जिल्ला प्रहरी कार्यालय, मलंगवाले माध्यमिक शिक्षा परीक्षा (SEE) को प्रश्नपत्र बाहिर ल्याई गोपनीयता भङ्ग गर्ने एक व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ।‎प्रहरीका अनुसार परीक्षा सञ्चालन भइरहेका बेला कविलासी नगरपालिका–२ स्थित श्री बाल गोविन्द जनता माध्यमिक विद्यालय परीक्षा केन्द्र बाहिर शंकास्पद अवस्थामा रहेका करिब २४ वर्षीय मनोज कुमार यादवलाई नियन्त्रणमा लिइएको हो।‎जाँचका क्रममा उनको मोबाइल फोनमा व्हाट्सएपमार्फत सोही दिन सञ्चालन भइरहेको विषयको प्रश्नपत्र फेला परेको प्रहरीले जनाएको छ। उक्त गतिविधिले परीक्षा प्रणालीको गोपनीयता भङ्ग गरेको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ।‎प्रहरीले सर्लाही जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। यस घटनाले SEE जस्तो संवेदनशील परीक्षाको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ भने सम्बन्धित निकायलाई थप सतर्क रहनुपर्ने आवश्यकता देखिएको छ।

About The Author

Mithila Times

Leave a Comment