वीरगञ्ज । श्री सिस्डी साई बाबा मन्दिर सेवा ट्रस्टको आयोजनामा हिन्दू पत्रकार संघ नेपालका केन्द्रीय कार्य समिति पदाधिकारी तथा सदस्यहरूलाई भव्य समारोहका बीच सम्मान गरिएको छ।धर्म, संस्कृति र पत्रकारितामार्फत समाजसेवामा पुर्याएको उल्लेखनीय योगदानको उच्च मूल्यांकन गर्दै संघलाई सम्मान प्रदान गरिएको ट्रस्टले जनाएको छ। कार्यक्रममा हिन्दू पत्रकार संघ नेपालका केन्द्रीय कार्य समिति पदाधिकारी, सदस्यहरू तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।समारोहका क्रममा वक्ताहरूले समाजमा सकारात्मक सोच, धार्मिक सद्भाव र सत्यतथ्य समाचार सम्प्रेषणमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै हिन्दू पत्रकार संघले गर्दै आएको कार्यको प्रशंसा गरे। संघका प्रतिनिधिहरूले सम्मानप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि जिम्मेवार र मर्यादित पत्रकारितामार्फत समाजसेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।कार्यक्रमले धर्म, संस्कृति र पत्रकारिताबीचको सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको