Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
News

निलम्बन फुकुवा पछि किशोरी रायको पुनरागमन, हरि खेतान क्याम्पसमा नयाँ युगको संकेत

By Mithila Times ७ महिना अगाडि ७ महिना अगाडि 33 views
MITHILA TIMESmithila-times.com

वीरगञ्ज, पर्सा | चैत २५हरि खेतान बहुमुखी क्याम्पस, वीरगञ्जमा क्याम्पस प्रमुख पदमा किशोरी रायको पुनरागमनसँगै शैक्षिक तथा प्रशासनिक गतिविधिमा नयाँ ऊर्जा र सकारात्मक वातावरण देखिन थालेको छ। निलम्बन फुकुवा भएपछि उहाँ पुनः आफ्नो जिम्मेवारी सम्हाल्न फर्कनुभएको हो।क्याम्पस व्यवस्थापन समितिको चैत २४ गते बसेको बैठकले छानबिन प्रक्रिया सम्पन्न भइसकेको निष्कर्ष निकाल्दै रायमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो। यसअघि असोज २९ गतेको निर्णयअनुसार उहाँलाई छानबिनका लागि निलम्बन गरिएको थियो।समितिको निर्णयपछि किशोरी रायलाई पुनः क्याम्पस प्रमुखको जिम्मेवारी सम्हाल्न निर्देशन दिइएको थियो। सोही अनुसार उहाँले क्याम्पसमा हाजिर भई नियमित कार्य प्रारम्भ गरिसक्नुभएको छ।उहाँको पुनरागमनसँगै क्याम्पसमा लामो समयदेखि देखिएको नेतृत्वको अन्योल अन्त्य भएको छ। अब शैक्षिक गुणस्तर सुधार, प्रशासनिक सुदृढीकरण र अनुशासन कायम गर्न थप प्रभावकारी काम हुने अपेक्षा गरिएको छ।विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले उहाँको पुनः आगमनलाई सकारात्मक रूपमा लिएका छन्। विद्यार्थीहरूले क्याम्पसमा शैक्षिक वातावरण अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।क्याम्पस प्रशासनले यस घटनालाई संस्थाको स्थायित्व र विकासतर्फको महत्वपूर्ण कदमका रूपमा लिएको छ। समग्रमा, किशोरी रायको पुनरागमनलाई हरि खेतान क्याम्पसका लागि “नयाँ युगको सुरुवात” का रूपमा हेरिएको छ।

About The Author

Mithila Times

Leave a Comment