Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
News

गृहमन्त्री सुधन गुरुङद्वारा काभ्रेको रोसी सडक खण्डको स्थलगत निरीक्षण

By Mithila Times ५ महिना अगाडि ५ महिना अगाडि 15 views
MITHILA TIMESmithila-times.com

गृहमन्त्री सुधन गुरुङ ले बीपी राजमार्ग अन्तर्गत पर्ने काभ्रेको रोसी सडक खण्डको निर्माण कार्यको स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा उहाँले निर्माण कार्यको प्रगति, गुणस्तर तथा समयसीमाभित्र सम्पन्न गर्ने विषयमा सम्बन्धित निकायसँग विस्तृत जानकारी लिनुभएको थियो।निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले निर्माण कार्यमा ढिलासुस्ती नगर्न निर्देशन दिँदै गुणस्तरमा कुनै पनि सम्झौता नगर्न सम्बन्धित ठेकेदार तथा प्राविधिक टोलीलाई सचेत गराउनुभयो। उहाँले सडक पूर्वाधारको विकासले स्थानीय जनताको दैनिक जीवन सहज बनाउने र आर्थिक गतिविधि समेत वृद्धि हुने बताउनुभयो।उक्त सडक खण्ड बीपी राजमार्ग अन्तर्गत महत्वपूर्ण मार्गका रूपमा रहेकोले यसको स्तरोन्नति र मर्मत कार्यलाई तीव्रता दिनुपर्नेमा गृहमन्त्रीले जोड दिनुभयो। साथै, निर्माण कार्यलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र सहकार्य बढाउन पनि उहाँले निर्देशन दिनुभएको छ।स्थानीयवासीहरूले सडकको द्रुत निर्माण तथा स्तरीय कामको अपेक्षा राख्दै सरकारको ध्यानाकर्षण गराएका छन्। निरीक्षण टोलीमा सम्बन्धित सरकारी अधिकारी, प्राविधिक तथा सुरक्षा निकायका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

About The Author

Mithila Times

Leave a Comment