Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

‎पर्सा जिल्ला अदालतको आदेश: रवि लामिछानेलाई वारिसमार्फत मुद्दा लड्न अनुमति

By Mithila Times ७ महिना अगाडि ७ महिना अगाडि 28 views
MITHILA TIMESmithila-times.com

वीरगञ्ज — पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा वारिस राख्न पाउने अनुमति दिएको छ।‎बुधबार तारिख लिन अदालत पुगेका लामिछानेले आफ्नो मुद्दामा वारिसमार्फत प्रतिनिधित्व गर्न पाउन निवेदन दिएका थिए। सोही निवेदनमाथि सुनुवाइका लागि बिहीबार पेशी तोकिएको थियो।‎उक्त पेशीमा निवेदकको तर्फबाट अधिवक्ता चन्द्रिका प्रसाद पटेलले बहस गर्दै लामिछाने तोकिएको मितिमा व्यक्तिगत रूपमा उपस्थित हुन नसक्ने विशेष परिस्थितिहरू रहेको दाबी गरेका थिए। बहसका क्रममा स्वास्थ्य अवस्था र विभिन्न अदालतहरूमा एकै समयमा चलिरहेका मुद्दाका कारण उपस्थित हुन कठिनाइ हुने पक्ष प्रस्तुत गरिएको थियो।‎बहसपछि न्यायाधीश सुमन कुमार न्यौपानेको इजलासले पेश गरिएका कागजात तथा तर्कहरूको मूल्याङ्कन गर्दै लामिछानेलाई वारिसमार्फत मुद्दा अघि बढाउन अनुमति दिने आदेश जारी गरेको हो।‎अधिवक्ता पटेलका अनुसार अदालतले आवश्यक परेमा वारिसमार्फत नै उपस्थित गराउन सकिने व्यवस्था समेत आदेशमा उल्लेख गरेको छ। उक्त आदेशसँगै लामिछानेको मुद्दा अब वारिसमार्फत पनि अघि बढ्ने बाटो खुलेको छ।

About The Author

Mithila Times

Leave a Comment