Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

सुर्खेतकी इनिशा बिकको घटनामा न्यायको माग गर्दै वीरगञ्जमा मौनधारण तथा विरोध प्रदर्शन

By Mithila Times ८ महिना अगाडि ८ महिना अगाडि 36 views
MITHILA TIMESmithila-times.com

वीरगञ्ज — सुर्खेतकी इनिशा बिकमाथि भएको भनिएको बलात्कारपछि हत्या घटनाको विरोध गर्दै तथा पीडितलाई न्याय दिलाउन माग गर्दै वीरगञ्जमा मौनधारण तथा विरोध प्रदर्शन गरिएको छ।वीरगञ्ज स्कुल अफ ल का विद्यार्थी तथा सरोकारवालाहरूले आयोजना गरेको उक्त कार्यक्रममा सहभागीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्। प्रदर्शनकारीहरूले हातमा विभिन्न प्लेकार्ड बोकेर न्यायको माग गर्दै मौनधारण गरेका थिए।कार्यक्रममा सहभागीहरूले महिलामाथि हुने हिंसा र अपराधका घटनाहरू बढ्दै गएको भन्दै यस्ता घटनालाई रोक्न राज्यले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्। उनीहरूले पीडितलाई न्याय नपाएसम्म आवाज उठाइरहने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।प्रदर्शनका क्रममा सहभागीहरूले शान्तिपूर्ण रूपमा मौनधारण गर्दै पीडितप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए। साथै, यस्ता जघन्य अपराधमा संलग्न जो–कोहीलाई पनि कानुनको दायरामा ल्याई कडा सजाय दिनुपर्ने माग गरिएको छ।आयोजकका अनुसार समाजमा न्याय, सुरक्षा र महिला अधिकार सुनिश्चित गर्न जनचेतना फैलाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।

About The Author

Mithila Times

Leave a Comment