Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

सुर्खेतकी इनिशा बिकको घटनामा न्यायको माग गर्दै वीरगञ्जमा मौनधारण तथा विरोध प्रदर्शन

By Mithila Times ६ महिना अगाडि ६ महिना अगाडि 19 views
MITHILA TIMESmithila-times.com

वीरगञ्ज — सुर्खेतकी इनिशा बिकमाथि भएको भनिएको बलात्कारपछि हत्या घटनाको विरोध गर्दै तथा पीडितलाई न्याय दिलाउन माग गर्दै वीरगञ्जमा मौनधारण तथा विरोध प्रदर्शन गरिएको छ।वीरगञ्ज स्कुल अफ ल का विद्यार्थी तथा सरोकारवालाहरूले आयोजना गरेको उक्त कार्यक्रममा सहभागीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्। प्रदर्शनकारीहरूले हातमा विभिन्न प्लेकार्ड बोकेर न्यायको माग गर्दै मौनधारण गरेका थिए।कार्यक्रममा सहभागीहरूले महिलामाथि हुने हिंसा र अपराधका घटनाहरू बढ्दै गएको भन्दै यस्ता घटनालाई रोक्न राज्यले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्। उनीहरूले पीडितलाई न्याय नपाएसम्म आवाज उठाइरहने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।प्रदर्शनका क्रममा सहभागीहरूले शान्तिपूर्ण रूपमा मौनधारण गर्दै पीडितप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए। साथै, यस्ता जघन्य अपराधमा संलग्न जो–कोहीलाई पनि कानुनको दायरामा ल्याई कडा सजाय दिनुपर्ने माग गरिएको छ।आयोजकका अनुसार समाजमा न्याय, सुरक्षा र महिला अधिकार सुनिश्चित गर्न जनचेतना फैलाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।

About The Author

Mithila Times

Leave a Comment