फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पर्सा जिल्लामा सुरक्षा व्यवस्था थप सुदृढ बनाइएको छ। जिल्लाका १ सय ६७ मतदानस्थलमध्ये ६२ लाई अति संवेदनशील, ८५ लाई संवेदनशील र २० लाई कम संवेदनशील श्रेणीमा वर्गीकरण गरिएको छ।जिल्लामा दुई अस्थायी मतदान केन्द्रसहित कुल ४४३ मतदान केन्द्र कायम छन्। निर्वाचन क्षेत्र नं. १ मा ३४, क्षेत्र नं. २ मा ३८, क्षेत्र नं. ३ मा ४७ र क्षेत्र नं. ४ मा ४८ मतदानस्थल निर्धारण गरिएको छ।प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा सुरक्षा निकाय र जिल्ला निर्वाचन कार्यालयको संयुक्त टोलीले मतदानस्थलहरूको स्थलगत निरीक्षण गरिरहेको छ। मतदानस्थलको संरचना, सम्भावित जोखिम र तयारी अवस्थाको मूल्यांकनका आधारमा सुरक्षा रणनीति परिमार्जन भइरहेको छ। हालसम्म ६० मतदानस्थलको निरीक्षण सम्पन्न भइसकेको जनाइएको छ।खुला सीमा क्षेत्रलाई मध्यनजर गर्दै निगरानी कडा पारिएको छ। प्रहरी उपरीक्षक सुदिपराज पाठकका अनुसार सीमा क्षेत्रमा आवश्यक जनशक्ति परिचालन गरी सुरक्षा व्यवस्थापन मिलाइएको छ।जिल्ला निर्वाचन कार्यालयले मतदातालाई सचेत रहन आग्रह गर्दै उम्मेदवारहरूलाई भारतीय नम्बर प्लेट भएका सवारीसाधन प्रयोग नगर्न निर्देशन दिएको छ। कार्यालय प्रमुख अनामिका रौनियारले निर्वाचन आचारसंहिता पालना गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने
