Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

निर्वाचन सुरक्षाः पर्साका ६२ मतदानस्थल उच्च जोखिम सूचीमा

By Mithila Times ७ महिना अगाडि ७ महिना अगाडि 12 views
MITHILA TIMESmithila-times.com

‎फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पर्सा जिल्लामा सुरक्षा व्यवस्था थप सुदृढ बनाइएको छ। जिल्लाका १ सय ६७ मतदानस्थलमध्ये ६२ लाई अति संवेदनशील, ८५ लाई संवेदनशील र २० लाई कम संवेदनशील श्रेणीमा वर्गीकरण गरिएको छ।‎जिल्लामा दुई अस्थायी मतदान केन्द्रसहित कुल ४४३ मतदान केन्द्र कायम छन्। निर्वाचन क्षेत्र नं. १ मा ३४, क्षेत्र नं. २ मा ३८, क्षेत्र नं. ३ मा ४७ र क्षेत्र नं. ४ मा ४८ मतदानस्थल निर्धारण गरिएको छ।‎प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा सुरक्षा निकाय र जिल्ला निर्वाचन कार्यालयको संयुक्त टोलीले मतदानस्थलहरूको स्थलगत निरीक्षण गरिरहेको छ। मतदानस्थलको संरचना, सम्भावित जोखिम र तयारी अवस्थाको मूल्यांकनका आधारमा सुरक्षा रणनीति परिमार्जन भइरहेको छ। हालसम्म ६० मतदानस्थलको निरीक्षण सम्पन्न भइसकेको जनाइएको छ।‎खुला सीमा क्षेत्रलाई मध्यनजर गर्दै निगरानी कडा पारिएको छ। प्रहरी उपरीक्षक सुदिपराज पाठकका अनुसार सीमा क्षेत्रमा आवश्यक जनशक्ति परिचालन गरी सुरक्षा व्यवस्थापन मिलाइएको छ।‎जिल्ला निर्वाचन कार्यालयले मतदातालाई सचेत रहन आग्रह गर्दै उम्मेदवारहरूलाई भारतीय नम्बर प्लेट भएका सवारीसाधन प्रयोग नगर्न निर्देशन दिएको छ। कार्यालय प्रमुख अनामिका रौनियारले निर्वाचन आचारसंहिता पालना गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने

About The Author

Mithila Times

Leave a Comment