News
जनकपुरधामको रामानन्द चौकमा भीषण आगलागी, ७० वर्षीय पूर्व शिक्षक किशोरी सहनीको जलेर मृत्यु

MITHILA TIMESmithila-times.com
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–रामानन्द चौकस्थित एक घरमा आइतबार अचानक आगलागी हुँदा ७० वर्षीय पूर्व शिक्षकको जलेर मृत्यु भएको छ।मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–२ निवासी ७० वर्षीय किशोरी सहनी रहेका छन्। स्थानीयका अनुसार आगलागी भएपछि घरबाट बाहिर निस्कन नसक्दा सहनीको जलेर मृत्यु भएको हो।घटनाका बेला घरमा रहेकी उनकी नातिनी भने समयमै घरबाट बाहिर निस्किएर ज्यान जोगाउन सफल भएकी छन्।स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ। आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन।घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान तथा घटनास्थल मुचुल्काको प्रक्रिया अघि बढाएको जनाएको छ।




