Breaking
धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह
News

सीमा सुरक्षामा कडाइ गर्न सशस्त्र प्रहरी बाहिनीपति भट्टको निर्देशन

By Mithila Times ६ घण्टा अगाडि ६ घण्टा अगाडि 33 views
MITHILA TIMESmithila-times.com

बारा । सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेशबहादुर भट्टले सीमा क्षेत्रमा हुने अपराध, चोरी–तस्करी तथा गैरकानुनी गतिविधि नियन्त्रणका लागि थप प्रभावकारी रूपमा परिचालन हुन मातहतका सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ।निरीक्षण भ्रमणका क्रममा बाहिनीपति भट्टले सीमा क्षेत्रमा प्राप्त हुने सूचना तथा सुरक्षा गतिविधिमाथि निरन्तर निगरानी राख्दै प्राप्त सूचनाका आधारमा परिणाममुखी कारबाही गर्नुपर्नेमा जोड दिनुभयो। सीमा सुरक्षालाई प्रभावकारी बनाउन सूचना संकलन, विश्लेषण तथा त्यसका आधारमा तत्काल आवश्यक कदम चाल्न उहाँले निर्देशन दिनुभएको हो।उहाँले सीमा अपराध तथा चोरी–तस्करी नियन्त्रणका लागि नेपाल प्रहरी, भन्सार कार्यालय, स्थानीय प्रशासन तथा भारतीय सीमा सुरक्षा बल (SSB) लगायत सम्बन्धित निकायसँग आवश्यक समन्वय, सहकार्य र सूचना आदान–प्रदानलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभयो।बाहिनीपति भट्टले सशस्त्र प्रहरी कर्मचारीहरूलाई संगठनको नीति, निर्देशन तथा प्रचलित कानूनको पूर्ण पालना गर्दै निष्पक्ष, अनुशासित, इमानदार र व्यावसायिक रूपमा कार्यसम्पादन गर्न आग्रह गर्नुभयो। गैरकानुनी गतिविधिमा संलग्नता, कर्तव्यमा लापरबाही तथा गैरव्यावसायिक व्यवहार कुनै पनि अवस्थामा स्वीकार्य नहुने उहाँले स्पष्ट पार्नुभयो।सीमा सुरक्षाको प्रभावकारिता राष्ट्रको सुरक्षा, आर्थिक हित, राजस्व संरक्षण तथा नागरिकको सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको विषय रहेको उल्लेख गर्दै उहाँले प्रत्येक सशस्त्र प्रहरी कर्मचारीले आफ्नो जिम्मेवारीलाई राष्ट्रसेवा र संगठनको प्रतिष्ठासँग जोडेर उच्च मनोबलका साथ निर्वाह गर्नुपर्ने बताउनुभयो।निरीक्षण भ्रमणका क्रममा नं. १२ गण हे.क्वा. बाराका गणपति तथा मातहतका कमाण्डरहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको समग्र सुरक्षा अवस्था, सीमा सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण तथा चोरी–तस्करी नियन्त्रणका लागि भइरहेको परिचालनबारे बाहिनीपति भट्टसमक्ष जानकारी गराएका थिए।कमाण्डरहरूले सीमा क्षेत्रमा देखिएका सुरक्षा चुनौती, हालसम्म भएका कारबाही तथा आगामी कार्ययोजनाका विषयमा समेत जानकारी गराएका थिए। त्यस क्रममा बाहिनीपति भट्टले सीमा क्षेत्रमा तैनाथ जनशक्तिलाई जिम्मेवारीअनुसार प्रभावकारी परिचालन गर्दै सम्भावित अपराध तथा गैरकानुनी गतिविधि नियन्त्रणमा विशेष सतर्कता अपनाउन निर्देशन दिनुभयो।बाहिनीपति भट्टको निर्देशनपछि सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी कर्मचारीलाई थप सतर्क, सक्रिय, जिम्मेवार तथा परिणाममुखी रूपमा परिचालित हुन उत्प्रेरणा मिलेको बताइएको छ। साथै, सीमा सुरक्षा, राजस्व संरक्षण तथा नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै आगामी दिनमा सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाइएको छ।

About The Author

Mithila Times

Leave a Comment