Breaking
धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह
News

१५ महिनाका बालक सिद्धान्त महतो अपहरणपछि उद्धार, एक महिला पक्राउ

By Mithila Times ६ घण्टा अगाडि ६ घण्टा अगाडि 28 views
MITHILA TIMESmithila-times.com

धनुषा । धनुषाको विदेह नगरपालिका–६ तिनकौरियाका १५ महिनाका बालक सिद्धान्त महतो अपहरणपछि प्रहरीले सकुशल उद्धार गरेको छ। घटनामा संलग्न रहेको आरोपमा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार भदौ १८ गते दिउँसो करिब ४ः४० बजे बालक आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा हराएको भन्दै प्रहरी चौकी गिद्धाबाट खोजतलासका लागि निवेदन परेको थियो।घटनालगत्तै जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपेश खड्काको कमान्डमा ६० जनाको प्रहरी टोली परिचालन गरिएको थियो। टोलीले घटनास्थल तथा आसपासका क्षेत्रमा तालिमप्राप्त कुकुरको समेत प्रयोग गरी खोजतलास अघि बढाएको थियो।खोजतलासका क्रममा मधेश प्रदेश प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक विन्द्र नेम्वाङको कमान्डमा प्रादेशिक सूचना विश्लेषण तथा अनुसन्धान समूह (PIIT) को संयुक्त टोलीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ।प्रारम्भिक अनुसन्धानबाट बालकलाई कमला नगरपालिका–८, हनुमानचोकमा बस्ने वर्ष ४१ की पुनिता देवी पासवानले अपहरण गरेको खुलेको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा ती महिलाले बालकलाई ठाउँ परिवर्तन गर्दै नेपाल तथा भारतका विभिन्न स्थानमा लुकाइछिपाइ राखेको खुलेको प्रहरीको भनाइ छ।प्रहरीले जिल्लास्थित विभिन्न नाकामा २४ घण्टा निगरानी तथा निरन्तर प्रहरी टोली परिचालन गर्नुका साथै प्राविधिक अनुसन्धानसमेत अघि बढाएको थियो। सोही क्रममा प्रहरीले ती महिलालाई घेराबन्दी गर्दा भदौ १९ गते दिउँसो करिब ३ः५५ बजे बालकलाई धनुषाको ढल्केबरस्थित बालकको घरदेखि करिब ३०० मिटर दक्षिण सडकमा छाडी भागेको अवस्थामा फेला पारेको जनाएको छ।प्रहरीले तत्काल बालकलाई उद्धार गरी स्वास्थ्य परीक्षण गराएर अभिभावकको जिम्मा लगाएको छ। स्वास्थ्य परीक्षणपछि बालकको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।बालकलाई छाडेर भागेकी पुनिता देवी पासवानलाई सोही दिन साँझ करिब ५ः४५ बजे भारततर्फ भाग्दै गरेको अवस्थामा धनुषाको विदेह नगरपालिका–१, महिनाथपुरस्थित दशगजा क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार पक्राउ परेकी महिलामाथि अपहरण, शरीर बन्धक, मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। घटनाको थप कारण, बालकलाई अपहरण गर्नुको उद्देश्य तथा अन्य व्यक्तिको संलग्नताबारे समेत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बालकको सकुशल उद्धारसँगै घटनामा संलग्न आरोपितलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन्।

About The Author

Mithila Times

Leave a Comment