Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
News

न्युरोडमा बहुतले पार्किङ निर्माणका लागि महानगरले संघ सरकारसँग अनुमति माग्यो

By Mithila Times १ दिन अगाडि १ दिन अगाडि 37 views
MITHILA TIMESmithila-times.com

काठमाडौं, भदौ २८ । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा बढ्दै गएको पार्किङ समस्या समाधान गर्न नेपाल वायुसेवा निगम (एनएसी)को भवन रहेको स्थानमा बहुतले पार्किङ निर्माण गर्ने योजना अघि बढाएको छ। त्यसका लागि महानगरपालिकाले संघ सरकारसँग औपचारिक रूपमा अनुमति मागेको जनाएको छ।न्युरोड तथा आसपासका क्षेत्रमा सवारीसाधनको चाप बढ्दै जाँदा पार्किङ व्यवस्थापन महानगरका लागि चुनौती बन्दै गएको छ। उपलब्ध जमिन सीमित रहेकाले नयाँ स्थान विस्तार गर्नुभन्दा अहिले उपलब्ध स्थानको अधिकतम र व्यवस्थित उपयोग गर्दै पार्किङ व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको महानगरको भनाइ छ।काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले एनएसी भवनमा बहुतले पार्किङ निर्माण गर्न सकिएमा न्युरोड क्षेत्रको पार्किङ समस्या समाधानमा महत्वपूर्ण सहयोग पुग्ने बताएकी छन्।उनले काठमाडौंको भौगोलिक तथा भौतिक क्षेत्रफल सीमित रहेकाले पार्किङका लागि नयाँ ठाउँ खोज्नेभन्दा उपलब्ध स्थानको वैज्ञानिक र प्रभावकारी सदुपयोग गर्नुपर्नेमा जोड दिइन्।“पार्किङको समस्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। यसको व्यवस्थापन गर्नुबाहेक हामीसँग अर्को विकल्प छैन। हाम्रो क्षेत्रफल सीमित भएकाले उपलब्ध ठाउँको सही सदुपयोग गरेर पार्किङ व्यवस्थापन गर्नु आजको आवश्यकता हो,” डंगोलले भनिन्।उनका अनुसार एनएसी भवनमा बहुतले पार्किङ निर्माणका लागि आवश्यक अनुमति लिन महानगरपालिकाले संघ सरकारसमक्ष पहल गरिरहेको छ। अनुमति प्राप्त भएपछि सम्बन्धित निकायसँग समन्वय गरी पार्किङ निर्माणको प्रक्रिया अघि बढाउने महानगरको तयारी छ।न्युरोड काठमाडौंको प्रमुख व्यापारिक तथा व्यावसायिक क्षेत्रमध्ये एक भएकाले यहाँ दैनिक ठूलो संख्यामा मानिस तथा सवारीसाधनको आवागमन हुने गर्छ। पर्याप्त पार्किङस्थलको अभावमा सडक तथा आसपासका क्षेत्रमा अव्यवस्थित रूपमा सवारी पार्किङ हुने समस्या लामो समयदेखि देखिँदै आएको छ।महानगरपालिकाले बहुतले पार्किङ निर्माणलाई पार्किङ व्यवस्थापनको दीर्घकालीन समाधानका रूपमा अघि बढाउन खोजेको हो। यसबाट सडकमा हुने अव्यवस्थित पार्किङ घटाउनुका साथै न्युरोड क्षेत्रमा सवारी आवागमनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।कार्यवाहक प्रमुख डंगोलले काठमाडौंमा बढ्दो सवारी चाप र पार्किङ समस्यालाई ध्यानमा राख्दै महानगरपालिकाले उपलब्ध संरचना तथा स्थानको अधिकतम उपयोग गर्ने गरी आगामी दिनमा थप व्यवस्थित योजना अघि बढाउने बताएकी छन्।महानगरका अनुसार संघ सरकारबाट अनुमति प्राप्त भएपछि एनएसी भवनमा बहुतले पार्किङ निर्माणसम्बन्धी थप प्रक्रिया अघि बढाइनेछ।

About The Author

Mithila Times

Leave a Comment