Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Breaking News

वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ

By Mithila Times २ महिना अगाडि २ महिना अगाडि 67 views
MITHILA TIMESmithila-times.com

वीरगञ्ज । वीरगञ्जमा स्रोत नखुलेको ठूलो परिमाणको भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा भारतबाट वीरगञ्जतर्फ आउँदै गरेको बीआर ०६ एटी ६४४५ नम्बरको मोटरसाइकलबाट भारतीय रुपैयाँ ४ लाख ५० हजार बरामद गरिएको हो।प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो करिब ४ः३० बजे मोटरसाइकल रोकी जाँच गर्ने क्रममा भारत बिहारको मोतिहारी जिल्ला, पलानवा थाना–१० निवासी करिब ५५ वर्षीय अशोक कुमारको मोटरसाइकलको डिक्कीमा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त रकम फेला पारेको जनाएको छ।प्रहरीका अनुसार बरामद रकममा ५०० दरका ८९१ थान, २०० दरको १ थान र १०० दरका ४३ थान भारतीय नोट रहेका छन्।प्रहरीले रकमसँगै मोटरसाइकल र अशोक कुमारलाई नियन्त्रणमा लिएको छ। बरामद भारतीय रुपैयाँको स्रोत तथा घटनासम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।

About The Author

Mithila Times

Leave a Comment