Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
News

राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहद्वारा पद तथा गोपनीयताको

By Mithila Times २ महिना अगाडि २ महिना अगाडि 53 views
MITHILA TIMESmithila-times.com

काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले नवनियुक्त मन्त्री साहलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। शपथ ग्रहण समारोहमा प्रधानमन्त्री, उपराष्ट्रपति, सभामुखलगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो।शपथ ग्रहण गरेसँगै मन्त्री साहले उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रलाई प्रभावकारी र व्यवस्थित बनाउँदै जनताको दैनिक आवश्यकतासँग जोडिएका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्दै आएकी गौरीकुमारी यादवले राजीनामा दिएपछि उक्त मन्त्रालयमा नयाँ मन्त्रीका रूपमा साह नियुक्त भएका हुन्।मन्त्री साहको नियुक्तिसँगै उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रका नीतिगत सुधार, बजार व्यवस्थापन, आपूर्ति सहजता तथा उद्योग प्रवर्द्धनका विषयमा नयाँ नेतृत्वबाट अपेक्षा गरिएको छ।

About The Author

Mithila Times

Leave a Comment