राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहद्वारा पद तथा गोपनीयताको

काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले नवनियुक्त मन्त्री साहलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। शपथ ग्रहण समारोहमा प्रधानमन्त्री, उपराष्ट्रपति, सभामुखलगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो।शपथ ग्रहण गरेसँगै मन्त्री साहले उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रलाई प्रभावकारी र व्यवस्थित बनाउँदै जनताको दैनिक आवश्यकतासँग जोडिएका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्दै आएकी गौरीकुमारी यादवले राजीनामा दिएपछि उक्त मन्त्रालयमा नयाँ मन्त्रीका रूपमा साह नियुक्त भएका हुन्।मन्त्री साहको नियुक्तिसँगै उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रका नीतिगत सुधार, बजार व्यवस्थापन, आपूर्ति सहजता तथा उद्योग प्रवर्द्धनका विषयमा नयाँ नेतृत्वबाट अपेक्षा गरिएको छ।




