Breaking
धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह
News

आईओई प्रवेश परीक्षामा हरि खेतान बहुमुखी कलेजका अमित कुमार बर्णवालको उत्कृष्ट सफलता, पूर्ण छात्रवृत्तिसहित २१७औँ रैंक

By Mithila Times १ महिना अगाडि १ महिना अगाडि 67 views
MITHILA TIMESmithila-times.com

वीरगञ्ज, साउन २१

वीरगञ्जस्थित हरि खेतान बहुमुखी कलेज का विद्यार्थी अमित कुमार बर्णवाल ले यस वर्षको इन्स्टिच्युट अफ इन्जिनियरिङ (Institute of Engineering–IOE) प्रवेश परीक्षामा पहिलो प्रयासमै उत्कृष्ट सफलता हासिल गरेका छन्। उनले २१७औँ रैंक प्राप्त गर्दै पूर्ण छात्रवृत्ति (फुल स्कलरशिप) प्राप्त गर्न सफल भएका हुन्।पहिलो प्रयासमै उत्कृष्ट नतिजा हासिल गर्दै पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएका अमितको उपलब्धिलाई कलेजले गौरवपूर्ण सफलताका रूपमा लिएको छ। उनको यस सफलताले कलेजको शैक्षिक वातावरण, विद्यार्थीको मेहनत तथा गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धतालाई थप उजागर गरेको कलेज परिवारको भनाइ छ।अमितको सफलताप्रति कलेजमा खुसीको वातावरण छ। कलेज सञ्चालक समितिका सल्लाहकार जय प्रकाश खेतान ले अमितलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै उत्कृष्ट प्रदर्शन गर्दै देशको सक्षम इन्जिनियरका रूपमा स्थापित हुन सफल होऊन् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।त्यसैगरी कलेज प्रमुख किशोरी राय, हरि खेतान बहुमुखी कलेज सञ्चालक समितिका सल्लाहकार सुरेश रुङटा, कलेज प्रशासन, सञ्चालक समिति, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूले अमितको उपलब्धिप्रति गर्व व्यक्त गर्दै उनको आगामी शैक्षिक तथा व्यावसायिक जीवन अझ सफल र उपलब्धिमूलक बनोस् भन्ने शुभकामना दिएका छन्।कलेजका अनुसार अमितको सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित नभई सम्पूर्ण शैक्षिक परिवारका लागि प्रेरणादायी उदाहरण बनेको छ। मेहनत, अनुशासन, लगनशील अध्ययन र गुणस्तरीय शिक्षाको समन्वयबाट उत्कृष्ट नतिजा हासिल गर्न सकिन्छ भन्ने सन्देश अमितको सफलताले दिएको कलेजको विश्वास छ।हरि खेतान बहुमुखी कलेजले विगतदेखि नै विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक तथा प्रतिस्पर्धात्मक परीक्षाको तयारीका लागि आवश्यक शैक्षिक वातावरण उपलब्ध गराउँदै आएको जनाएको छ। कलेजले आगामी दिनमा पनि यस्ता उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी उत्पादन गर्दै शिक्षा क्षेत्रमा आफ्नो योगदानलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।अमित कुमार बर्णवालको यो सफलता इन्जिनियरिङ अध्ययन गर्ने लक्ष्य लिएका हजारौँ विद्यार्थीका लागि प्रेरणाको स्रोत बनेको छ भने हरि खेतान बहुमुखी कलेजका लागि समेत अर्को गौरवपूर्ण उपलब्धिका रूपमा स्थापित भएको छ।

About The Author

Mithila Times

Leave a Comment