वीरगञ्ज । नेपाल प्रहरी संगठनका प्रहरी महानिरीक्षक (आईजीपी) श्री दान बहादुर कार्कीले वीरगञ्जस्थित मानव सेवा आश्रममा पुगेर मानवीय सेवामा योगदान पुर्याउँदै सहयोग हस्तान्तरण गर्नुभएको छ।आईजीपी कार्की आश्रम पुगेर त्यहाँ आश्रित आमा–बुबाहरूसँग आत्मीय भेटघाट गर्दै साँझको फलफूल तथा नास्ता वितरण गर्नुभयो। साथै आश्रमको दैनिक सञ्चालन तथा सेवा प्रवाहलाई सहज बनाउन नगद सहयोगका साथै आवश्यक सामग्रीसमेत प्रदान गर्नुभएको छ।कार्यक्रमका क्रममा आईजीपी कार्कीले मानव सेवा आश्रमले बेसहारा, अशक्त तथा अभिभावकविहीन व्यक्तिहरूको संरक्षण र सेवामा पुर्याउँदै आएको योगदानको उच्च प्रशंसा गर्नुभयो। उहाँले समाजका कमजोर वर्गप्रति राज्यका निकाय मात्र होइन, सम्पूर्ण नागरिकको समेत दायित्व रहने उल्लेख गर्दै यस्ता मानवीय कार्यमा निरन्तर सहयोग आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।मानव सेवा आश्रमका प्रतिनिधिहरूले नेपाल प्रहरी प्रमुखको प्रत्यक्ष उपस्थितिमा प्राप्त सहयोगले आश्रमका सेवाग्राहीहरूमा सकारात्मक सन्देश गएको र आगामी दिनमा सेवा विस्तारमा थप हौसला मिलेको बताएका छन्।नेपाल प्रहरी प्रमुख कार्कीद्वारा गरिएको यो मानवीय पहललाई स्थानीय समुदाय तथा विभिन्न सामाजिक संघ–संस्थाहरूले प्रशंसनीय कदमको रूपमा लिएका