यसअघि जनवरी १३ मा इरान इन्टरनेशनलले कम्तीमा १२ हजार जनाको मृत्यु भएको रिपोर्ट सार्वजनिक गरेको थियो। तर इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) अन्तर्गतको गुप्तचर सङ्गठनले सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्लाई बुझाएको गोप्य तथ्याङ्कअनुसार मृतकहरूको सङ्ख्या ३६ हजार ५ सयभन्दा बढी पुगेको दाबी गरिएको छ।
