प्रधानमन्त्री शाहले सरकारले कुनै पनि नागरिकमाथि विभेद नगर्ने स्पष्ट गर्दै सबै नेपालीलाई समान दृष्टिले हेर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रत्येक नागरिकप्रति समान रूपमा उत्तरदायी रहने उल्लेख गर्दै उनले सुशासन, समान अधिकार र निष्पक्ष सेवाप्रति सरकार प्रतिबद्ध रहेको बताएका छन्।