पूर्वप्रधानमन्त्री तथा नेकपा सहसंयोजक माधवकुमार नेपालले देशको अस्तित्व र स्वाभिमानको रक्षा गर्नु अहिलेको सबैभन्दा ठूलो चुनौती भएको बताएका छन्। २९औँ तुलसीलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले नेपाललाई बाह्य शक्तिको क्रीडाभूमि बन्न नदिनुपर्ने, राष्ट्रियता, संविधान, लोकतन्त्र, गणतन्त्र र सङ्घीय व्यवस्थाको संरक्षण गर्न सबै देशभक्त एकजुट हुनुपर्ने बताए। साथै, गरिबी, बेरोजगारी, मिटरब्याज, सहकारी पीडित र सुकुम्बासीका समस्या समाधानमा राज्य गम्भीर हुनुपर्नेमा उनले जोड दिए।