Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

निपा भाइरसको जोखिमबारे सतर्कता आवश्यक : जनावरबाट मानिसमा सर्ने गम्भीर संक्रमण

By Mithila Times ८ महिना अगाडि ८ महिना अगाडि 10 views
MITHILA TIMESmithila-times.com

काठमाडौं – निपा भाइरस (Nipah Virus) जनावरबाट मानिसमा तथा मानिसबाट मानिसमा सर्न सक्ने गम्भीर र खतरनाक भाइरसका रूपमा चिनिएको छ। मृत्युदर उच्च हुने भएकाले यस संक्रमणबारे समयमै जानकारी लिनु र सावधानी अपनाउनु अत्यन्त आवश्यक रहेको स्वास्थ्य विज्ञहरूले बताएका छन्।निपा भाइरसको मुख्य स्रोत फलफूल खाने चमेरो (फ्रुट ब्याट) मानिन्छ। चमेरोले टोकेको वा जुठो हालेको फलफूल सेवन गर्दा संक्रमण सर्ने जोखिम रहन्छ। विशेषगरी अम्बा, लिची र खजूरजस्ता फलफूल यसका सम्भावित माध्यम मानिन्छन्। यसका साथै संक्रमित सुँगुर वा अन्य जनावरको र्‍याल र पिसाबको प्रत्यक्ष सम्पर्कबाट पनि भाइरस सर्न सक्छ। संक्रमित व्यक्तिको थुक, सिंगान वा रगतको सम्पर्कमा आएमा मानिसबाट मानिसमा सर्ने जोखिम समेत रहने बताइएको छ।संक्रमण भएको ५ देखि १४ दिनभित्र ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने, मांसपेशी दुख्ने र अत्यधिक थकान महसुस हुनेजस्ता लक्षण देखिन सक्छन्। गम्भीर अवस्थामा मस्तिष्कमा असर पर्न सक्ने भएकाले मानसिक अलमल, बेहोस हुने अवस्था समेत देखिन सक्छ।हालसम्म निपा भाइरसविरुद्ध कुनै निश्चित खोप वा विशेष औषधि उपलब्ध नभएकाले बचावट नै सबैभन्दा प्रभावकारी उपाय मानिएको छ। फलफूल राम्ररी धोएर मात्र खाने, भुईँमा झरेका वा चरा–चमेरोले टोकेका देखिने फलफूल नखाने, साबुन पानीले नियमित हात धुने र बिरामी जनावरबाट टाढा रहनेजस्ता सावधानी अपनाउन विज्ञहरूको सुझाव छ। साथै, बिरामीको हेरचाह गर्दा मास्क, पन्जा जस्ता सुरक्षाका सामग्री प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ।यदि कसैमा निपा भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न, बिरामीलाई अलग्गै राख्न र स्वास्थ्यकर्मीको सल्लाहबिना औषधि सेवन नगर्न आग्रह गरिएको छ।स्वास्थ्य सचेतनामा ध्यान दिएर, सरसफाइ र खानपानमा सतर्कता अपनाएमा निपा भाइरसको जोखिम कम गर्न सकिने स्वास्थ्य निकायहरूको भनाइ

About The Author

Mithila Times

Leave a Comment