Breaking
धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह
Uncategorized

मधेशीको भोट बेचेर पद र पैसामा रमाउँदै गरेका नेताहरुलाई सचेत रहन युवा नेता राजकुमार दासको आह्वान

By Mithila Times ८ महिना अगाडि ८ महिना अगाडि 14 views
MITHILA TIMESmithila-times.com

२०८२ माघ ७
रामबाबु सहनी रौतहट
रौतहट — रौतहट निर्वाचन क्षेत्र नम्बर–४ को प्रतिनिधिसभा उम्मेदवार राजकुमार दासले मधेशी जनताको मत लिएर पद र पैसाका लागि राजनीति गर्ने नेताहरूलाई जनता–जनार्दनबाट सचेत रहन कडा चेतावनी दिनुभएको छ।

घरदैलो तथा जनसम्पर्क अभियानका क्रममा बोल्दै उहाँले “विकासको लहर ल्याइदिन्छु” भन्ने झुटा आश्वासन बाँड्ने पुराना नेताहरूले वर्षौंदेखि मधेशी जनतालाई ठगेको आरोप समेत लगाउनुभयो।

उहाँले मधेशी समुदायको भावना, अधिकार र समस्यालाई भोट बैंकका रूपमा मात्रै प्रयोग गरिएको उल्लेख गर्दै भन्नुभयो, “चुनावका बेला मधेश सम्झिने र जितेपछि काठमाडौंमै हराउने प्रवृत्तिले यहाँको विकास रोकेको छ।

जनताको विश्वास बेचेर व्यक्तिगत स्वार्थ पूरा गर्ने राजनीति अब स्वीकार्य हुँदैन।”
युवा नेता दासले रौतहट –४ मा शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, सडक र सुरक्षाजस्ता आधारभूत मुद्दा वर्षौंदेखि अलपत्र परेको बताउँदै ती समस्या समाधानका लागि इमानदार नेतृत्व आवश्यक रहेको जिकिर गर्नुभयो।

उहाँले युवाहरू विदेश पलायन हुन बाध्य हुनु, किसानले उत्पादनको उचित मूल्य नपाउनु र साना व्यवसायी राज्यको बेवास्ताका कारण समस्यामा परेको यथार्थ प्रस्तुत गर्नुभयो।

“विकास भाषणमा होइन, नीतिमा देखिनुपर्छ,” भन्दै उहाँले जनतासँग प्रत्यक्ष संवाद, पारदर्शी काम र जवाफदेही नेतृत्व नै आफ्नो प्रतिबद्धता भएको बताउनुभयो।

युवा नेता दासले मतदातालाई प्रलोभन, डर र झुठा वाचामा नपरी विवेकपूर्ण निर्णय गर्न आग्रह गर्दै यसपटक रौतहट –४ बाट परिवर्तनको सुरुवात हुने विश्वास व्यक्त गर्नुभयो।

अन्त्यमा उहाँले मधेशी जनताको सम्मान, अधिकार र समावेशी विकासका लागि आफू सधैं सडकदेखि सदनसम्म लडिरहने प्रतिवद्धता दोहोर्‍याउँदै जनताको साथ र विश्वास माग्नुभयो।

About The Author

Mithila Times

Leave a Comment