Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

पत्रकारमाथि आक्रमणको कडा निन्दा, दोषीलाई तत्काल कारबाहीको माग

By Mithila Times ८ महिना अगाडि ८ महिना अगाडि 15 views
MITHILA TIMESmithila-times.com

समाचार सम्प्रेषणको सिलसिलामा खटिएका पत्रकार कप्लेश अधिकारीमाथि राजनीतिक आस्थाका आधारमा आक्रमण हुनु अत्यन्तै निन्दनीय, आपत्तिजनक र लोकतान्त्रिक मूल्य–मान्यताविपरीतको कार्य हो। पत्रकारमाथि गरिएको यस्तो अराजक गतिविधिले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रकै मूल आत्मामाथि ठाडो प्रहार गरेको छ।पत्रकारले सार्वजनिक चासोका विषयमा सत्य तथ्य उजागर गर्नु नै लोकतन्त्रको आधार हो। त्यही जिम्मेवारी पूरा गर्ने क्रममा पत्रकारमाथि कुटपिट तथा धम्की जस्ता गतिविधि हुनु गम्भीर चिन्ताको विषय हो। यसले स्वतन्त्र पत्रकारितामाथि डर, त्रास र दबाब सिर्जना गर्ने प्रयास स्पष्ट रूपमा देखिन्छ।यस घटनामा संलग्न दोषीहरूमाथि तत्काल कानुनी कारबाही गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन कडा कदम चाल्न सम्बन्धित निकायसँग माग गरिएको छ। साथै, पत्रकारको पेशागत सुरक्षाको सुनिश्चितता गर्दै निर्भीक रूपमा समाचार संकलन तथा सम्प्रेषण गर्ने वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ।लोकतान्त्रिक समाजमा असहमति व्यक्त गर्ने अधिकार सबैलाई भए पनि हिंसा र आक्रमण कुनै पनि हालतमा स्वीकार्य हुँदैन। पत्रकारमाथि हुने यस्ता आक्रमण रोक्न राज्य गम्भीर बन्नुका साथै प्रेस स्वतन्त्रताको रक्षा गर्न दृढ प्रतिबद्धता जनाउनुपर्ने सरोकारवालाहरूको जोड छ।

About The Author

Mithila Times

Leave a Comment