Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

युवाहरूको रोजगारी, स्वास्थ्य र सुरक्षाको ग्यारेन्टी गर्ने राप्रपाबाट पर्सा–२ मा उम्मेदवारी दिएकी हुँ : बिना जयसवाल कुर्मी

By Mithila Times ८ महिना अगाडि ८ महिना अगाडि 11 views
MITHILA TIMESmithila-times.com

वीरगञ्ज आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार बिना जयसवाल कुर्मीले मङ्गलवार औपचारिक रूपमा मनोनयन दर्ता गराएकी छन् ।सयौँ समर्थक तथा पार्टी कार्यकर्तासहित वीरगञ्जस्थित जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पुगेर कुर्मीले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् । मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले युवाहरूको रोजगारी सुनिश्चित गर्नु, गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु तथा नागरिकको सुरक्षा सुनिश्चित गर्नु आफ्नो प्रमुख एजेन्डा रहेको बताइन् ।उनले नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा गर्नु र राजतन्त्रको पुनर्स्थापना गर्नु राप्रपाको मूल राजनीतिक एजेन्डा रहेको स्पष्ट पारिन् । “नेपालजस्तो मुलुकमा सङ्घीयता उपयुक्त छैन, गणतन्त्रको नाममा लुटतन्त्र मौलाएको छ,” कुर्मीले भनिन्, “देशलाई स्थायित्व, शान्ति र सुशासन दिन राजतन्त्रको पुनर्स्थापना अपरिहार्य छ ।”जेन–जी आन्दोलनपछिको राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै उनले देशमा बढ्दो विदेशी चलखेल रोक्न आवश्यक रहेको बताइन् । उनले केही नयाँ दलहरूले मधेसी अनुहार प्रयोग गरेर मात्र मत सङ्कलन गर्न खोजिरहेको आरोपसमेत लगाइन् ।“मधेसीलाई प्रधानमन्त्री बनाउँछु भनेर मात्र हुँदैन, मधेसीलाई अधिकार पनि दिनुपर्छ,” उनले भनिन्, “पुराना दलहरूले जस्तै मधेसी र पहाडीबीच विभेद गरेर देश बाँड्ने काम नयाँ दलहरूले पनि गरिरहेका छन् ।”पूर्व समानुपातिक सांसदसमेत रहेकी कुर्मीले यसअघि संसद्मा रहँदा पर्सा जिल्लासँग सम्बन्धित विभिन्न विकासका मुद्दा सशक्त रूपमा उठाएको दाबी गरिन् । नारायणी रङ्गशालाको विकास, सिर्सिया नदी व्यवस्थापन, वीरगञ्जको सडक विस्तारलगायत सामाजिक र पूर्वाधारका विषयमा आफूले निरन्तर आवाज उठाएको उनले स्मरण गराइन् ।राप्रपा नेताहरूका अनुसार पर्सा–२ कुर्मीको आधार क्षेत्र मानिन्छ । स्थानीय जनता र पार्टी पङ्क्तिको दबाबपछि उनलाई यही क्षेत्रबाट उम्मेदवारी दिइएको हो । यसअघि राप्रपा पर्सा जिल्ला कमिटीले उनलाई निर्वाचन क्षेत्र नम्बर–१ र २ दुवैबाट सम्भावित उम्मेदवारका रूपमा सिफारिस गरेको थियो । अन्ततः पार्टीले पर्सा–२ बाटै टिकट दिएको हो ।गत स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको उपमेयर पदमा पराजित भए पनि हिन्दु राष्ट्र र राजतन्त्र पुनर्स्थापनाको स्पष्ट एजेन्डाका कारण कुर्मी राष्ट्रिय राजनीतिमा परिचित नेतृका रूपमा चिनिन्छिन् । पार्टीका अनुसार पर्साबाट पढेलेखेको, अनुभवी र जनसरोकारका विषयमा स्पष्ट धारणा राख्ने नेतृको छवि बनाएकी कुर्मीलाई यस पटक बलियो प्रतिस्पर्धीका रूपमा हेरिएको छ ।

About The Author

Mithila Times

Leave a Comment